काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आवका लागि घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि पुस ४ बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । कम्पनीले गत आवका लागि ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।
कम्पनीले लाभांश पारितको मुख्य अजेण्डासहित पुस १८ गते ललितपुरमा रहेको दरबार रेष्ट्रो एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि साधारण सभा आयोजना गर्दैछ । प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।