बिहीबार, श्रावण १४,२०८३ 05:39:03
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 05:39:03
Bizshala
Global IME Bank Limited

आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा अब रु. २ हजार छुट

आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा अब रु. २ हजार छुट
New Office

काठमाण्डौ । डिजिटल वालेट ‘आइएमई पे’ले IELTS टेस्टको शुल्क भुक्तानीमा १ हजार रुपैयाँ छुट सुविधा उपलब्ध गराउँदै आएको छ । सो  सुविधालाई अझ  परिस्कृत  गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले IELTS टेस्ट शुल्कमा फ्ल्याट २ हजार रुपैयाँ क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । 

सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पुस ५ गतेसम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १ हजार छुट सुबिधा निरन्तर चलिरहने छ  ।

यो नयाँ सेवामार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो  ELTS परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सक्नेछन्।  

आइएमई पे एपबाट IELTS टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा ‘वाट्स निउ’ भागमा IELTS टेस्ट बुकिङमा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.