मंगलवार, बैशाख ९,२०८२ 06:38:50
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 06:38:50
IME remit
Global IME Bank Limited

प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'

Hyundai Nepal
प्रभिजन र लाभांशमा कडाई गरेर बैंकहरु बचाएको गभर्नरको तर्क, 'अबका दिन राम्रो हुनेछन्'
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुको प्रभिजनलाई बढाएर लाभांशमा कडाई गरी तिनै संस्थाहरुलाई बचाउने काम भएको तर्क गरेका छन् ।  

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को ३८ औं वार्षिक साधारणसभालाई बुधबार काठमाण्डौमा सम्बोधन गर्दै गभर्नर अधिकारीले त्यस्तो तर्क पेश गरेका हुन् । उनले बैंकहरुलाइ नै जोगाउन चालिएको कतिपय कदमको विषयमा अपव्याख्या भएकोमा असन्तुष्टि व्यक्त गरे । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले कतिपय बैंकहरुको अवस्था हेरेर लाभांशमा कडाई गरिएको र त्यसले तिनै संस्थाहरुलाई बलियो बनाउने बचाउने काम गरेको उल्लेख गर्दै सम्पूर्ण रुपमा लाभांश नै खान भने नरोकेको प्रष्ट पारे ।  

उनले अबका दिनमा व्यापार व्यवसायमा राम्रो हुने दाबी गर्दै त्यसले बैंकहरुलाई पनि राम्रो  गर्ने बताए । 'अबका दिनमा बैंकहरुका लागि पनि सहज हुँदै जाने अनुमान गर्न सकिन्छ ।' उनले भने-'बैंकहरुले कमाएको नाफाको ठूलो हिस्सा प्रभिजनमा राखेका छन् । त्यो पैसा बैंकहरुको आफ्नै हो, भोलिको दिनमा बाँड्न मिलिहाल्छ । त्यसकारण तपाईहरुले निराश भइहाल्नुपर्ने अवस्था छैन ।'  

उनले केन्द्रीय बैंकले लिने नीतिहरुको कार्यान्वयनमा सहयोग गरी बैंकिंग सिस्टमलाई जोगाउन सबै बैंकरहरुले सहयोग गर्नुपर्नेमा समेत जोड दिए ।

Muktinath Bikas Bank Limited

 उनले कोभिड प्रभावबाट निस्किनु आफूहरुको ठूलो उपलब्धि भएको समेत दाबी गर्न भ्याए । केन्द्रीय बैंकले वित्तीय स्थायीत्वलाई केन्द्रमा राखेर नीतिहरु अंगिकार गर्ने भन्दै धेरै छिटो छिटो नीतिगत परिवर्तनको आशा गर्न नहुने समेत बताए । 

उनले पछिल्लो समय बैंकिंग क्षेत्र साइबर आक्रमणको जोखिममा रहेको भन्दै बैंकरहरुलाई सचेत गराएका थिए ।  

सोही अवसरमा बैंकबाट लिएको ऋण नतिरे पनि हुन्छ भन्ने भाष्य निर्माण गर्न कतिपय तत्वहरु अझै सक्रिय रहेकोले यसलाई चिरेर अगाडि बढ्नुपर्नेमा समेत जोड दिए ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.