आईतवार, असार ८,२०८२ 12:59:29
  • आईतवार, असार ८,२०८२ 12:59:29
Global IME Bank Limited

कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा

Hyundai Nepal
कलश स्टक मार्केट कारोबार रकममा पहिलो नम्बरमा
Nabil Bank Limited

काठमाण्डौ । कलश स्टक मार्केट प्रालि(ब्रोकर नं ७४) ले पहिलोपटक शीर्ष कारोबार गर्ने कम्पनी बनेको छ । पुस ४ गते बिहिवार नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको कारोवार तथ्याङ्कअनुसार नेपालमा सञ्चालनमा रहेका धितोपत्र कारोवार गर्ने दलालहरु मध्ये कारोबार रकमको आधारमा प्रथमपटक शीर्ष स्थानमा रहेको हो ।  

उक्त दिन ब्रोकरले रु. ४५ करोड ९ लाखभन्दा बढी रकमको कारोबार गरेको कम्पनीका अध्यक्ष प्रदिप केसीले बताए ।  

CG Motors
Muktinath Bikas Bank Limited

नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यताप्राप्त यस ब्रोकरले २०८० भदौ १० देखि औपचारिक कारोबार शुभारम्भ गरेको थियो । कम्पनीले हाल काठमाण्डौ मनपा १०, बुद्धनगर स्थित आफ्नो मुख्य कार्यालयबाट सेवा प्रदान गरिरहेको छ । 

कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.