काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस–युक्रेन युद्धमा चीन र पाकिस्तानलगायत धेरै देशका भाडाका सैनिक संलग्न भएको दाबी गरेका छन् । जेलेन्स्कीले युक्रेनी सैनिकहरूसँगको तस्बिर साझा गर्दै इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् ।
उनले भोभचान्स्क क्षेत्रमा सैनिकहरू बीचमा भएको त्यहाँ उनले कमाण्डरहरूबाट अगाडिको अवस्थाबारे जानकारी लिएका बताएका छन् ।
उनले लेखेका छन्, ‘भोभचान्स्क क्षेत्रमा हाम्रा योद्धाहरूले चीन, ताजिकिस्तान, उज्वेकिस्तान, पाकिस्तान र अफ्रिकी देशका भाडाका सैनिकहरू युद्धमा सामेल भएको जानकारी दिइरहेका छन्। हामी यसको जवाफ दिनेछौँ।’
अक्टोबर २०२४ मा उत्तर कोरियाली सेना रुसी सेनालाई सहयोग गर्न युक्रेनमा तैनाथ गरिएको दाबी गर्दै रिपोर्टहरू बाहिरिएका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                