मंगलवार, कार्तिक ३,२०८३ 04:19:23
  • मंगलवार, कार्तिक ३,२०८३ 04:19:23
Global IME Bank Limited

एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत २ हजार ६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने

Bizshala
एनसेल फाउन्डेसनले एनपीएलका चौकावापत २ हजार ६०० बढी शैक्षिक सामग्रीको वितरण गर्ने
New Office

काठमाण्डौ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौका वापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा अनुरुप २ हजार ६०० भन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।  

यी सामग्रीहरु ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई प्रदान गरिने छन् । शनिबार समापन भएको ऐतिहासिक एनपीएलमा कुल ६५३ चौका प्रहार भएका थिए । यस वापत एनसेल फाउन्डेसनले अब घोषणा गरे बमोजिम कुल २ हजार ६१२ वटा शैक्षिक सामग्री विद्यार्थीहरुलाई वितरण गर्ने पक्का भएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

क्रिकेटदेखि कक्षा कोठासम्मको यस नविन पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरहरूको ढोका खोल्न मद्दत पु¥याउने विश्वास लिएको छ । विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीहरु जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूको पठनपाठनमा योगदान गर्नेछ ।

एनपीएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्टस्का खेलाडी लाहिरु मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेर १४० वटा शैक्षिक सामग्री वितरण सुनिश्चित गरेका छन् । त्यस्तै दोश्रोमा पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए जसबाट १२० शैक्षिक सामग्री र तेश्रोमा लुम्बिनी लायन्सका रोहितकुमार पौडेल २६ चौका वापत १०४ शैक्षिक सामग्रीको वितरण पक्का भएको छन।  

त्यसैगरी, चितवन राइनोज्का रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेर १९२ शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका थिए ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपीएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाको लागि स्रोत आवश्यक रहेका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसि छौ र यसको लागि हामी क्रिकेट एशोसिएसन नेपाल (क्यान)तथा प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं । शैक्षिक सामग्री वितरणको लागि हामी क्यान, सम्बन्धित टिमहरु अन्य सरोकारवालाहरुसँग सहकार्य गर्नेछौं,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले भनिन् ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.