बिहीबार, चैत्र २१,२०८१ 03:18:15
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:18:15
IME remit
Global IME Bank Limited

नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन समूहले ९ अर्ब उठाउँदै, ५० करोड बिचौलियालाई

Hyundai Nepal
नयाँ स्टक एक्सचेञ्जका लागि हिमालयन समूहले ९ अर्ब उठाउँदै, ५० करोड बिचौलियालाई
Nabil Bank Limited

काठमाण्डौं । नयाँ स्टक एक्सचेञ्जको लागि पूँजी उठाउने क्रम जारी रहेको छ । नयाँ स्टक एक्सचेञ्ज आफ्नो पोल्टामा पार्ने दाउँमा रहेको हिमालयन समूहले नयाँ स्टक एक्सचेञ्जका लागि ९ अर्ब उठाउने तयारी गरेको हो । नयाँ स्टकको पूँजी ३ अर्ब रहेको छ ।  

तर हाल बजारमा यो कम्पनीको सेयर हजार भन्दा माथि जाने भन्दै प्रतिकित्ता ३ सयका दरले पैसा उठाएको स्रोतले दाबी गरेको छ । ३ अर्ब चुक्तापूँजी भएको स्टक एक्सचेञ्जका लागि शंकर ग्रुपका शुलभ अग्रवालले ५० रुपैयाँका दरले हुन आउने ५० करोड हात पारेको पनि स्रातको दाबी रहेको छ । त्यसपछि बाँकी रहेको साढे ५ अर्ब शक्ति केन्द्रलाई रिजाउन बाढ्ने तयारी छ । यही सहमतिमा नयाँ स्टक एक्सचेञ्ज अघि बढाइएको बजारस्थित स्रोतको दाबी छ ।  

Shivam Cement
Bizshala
CG Motors

नयाँ स्टक एक्सचेञ्जको लागि निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकालमा नै तीन वटा समूहले आवेदन दिएका छन् । अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्जका लागि अनुमति दिन सकिने जनाएपछि अब यी तिन समूहबीच तीव्र मोलमलाई र भिडन्त हुने निश्चित देखिन्छ ।  

नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूह दौडमा रहेका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज, अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज रहेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमायल रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । यो समूहमा दीपक भट्टले बीचौलियाको काम गरेका छन् । दीपक भट्ट लगानी बोर्डका अध्यक्ष  शुशिल भट्टका सहोदर भाइ हुन् । हिमालयन स्टक एक्सचेञ्जमा शुलभ अग्रवाल, भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।  

त्यसैगरी, नेशनल स्टक एक्सचेञ्जमा अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । यसमा एनआरएनए समूह पनि संलग्न छ । जसमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य पनि छन् । यो समूहले पनि नयाँ स्टक एक्सचेञ्जका लागि तीब्र लविङ गरेको थियो ।  

अर्को अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापा लगायतका सुरेन्द्र वाग्ले, प्रकाशकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.