बिहीबार, असार ११,२०८३ 01:14:05
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:14:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा ३ वटा विप्रेषण कम्पनीहरूको इजाजतपत्र खारेज

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ३ वटा विप्रेषण कम्पनीहरू इजाजतपत्र खारेज गरेको छ । राष्ट्र बैंकबाट विप्रेषण कारोबार गर्न इजाजतपत्रप्राप्त नमस्ते रेमिट इन्टरनेशनल, मोडर्न रेमिट्यान्स र भाटभटेनी मनि ट्रान्सफर गरी ३ वटा कम्पनीको इजाजतपत्र खारेज गरिएको हो ।  

यी कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम(१३ को उप(विनियम (५) बमोजिम खारेज गरिएको केन्द्रीय बैंकले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

राष्ट्र बैंकले विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन आग्रह समेत गरेको छ ।  तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

खारेज हुने उपरोक्त विप्रेषण कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम तोकिएको अवधिभित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्र हिसाब मिलान हुने समेत राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.