बिहीबार, चैत्र २१,२०८१ 02:42:05
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 02:42:05
IME remit
Global IME Bank Limited

सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो रु.६.१० अर्ब, कुन कम्पनीबाट कति ?

Hyundai Nepal
सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो रु.६.१० अर्ब, कुन कम्पनीबाट कति ?
Nabil Bank Limited

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट ६ अर्ब बढीको बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । जीवन बीमा कम्पनीहरुले बीमालेख त्याग गर्नेको संख्या कम गर्न विभिन्न योजनाहरु समेत ल्याइरहेका छन् । बीमा कम्पनीहरुले यस्तो दर कम गर्न व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुटजस्ता योजनाहरु ल्याएपनि कम्पनीहरुमा महिनैपिच्छे एक अर्ब रुपैयाँ भन्दा बढी सरेण्डरमार्फत बाहिरिएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी वापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

५ महिनासम्ममा सर्वाधिक एलआईसी नेपालको पोलिसी सरेण्डर भएको छ । मंसिर मसान्तसम्ममा कम्पनीबाट ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी वापत १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा यस अवधिसम्मा १० हजार ३ सय १७ वटा बीमा पोलिसी वापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमालेख त्याग भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफको ३ हजार ७५२ वटा पोलिसी बराबरको ४० करोड रुपैयाँ, नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी बराबरको ३७ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी बराबरको ३२ करोड ६४ लाख रुपैयाँ, हिमालयन लाइफको ३ हजार ३३ वटा पोलिसी बराबरको २८ करोड रुपैयाँ र मेट लाइफको १ हजार ५१६ वटा पोलिसी बराबरको १७ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी बराबरको १९ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफको ७६३ वटा पोलिसी बराबरको ८ करोड ४३ लाख रुपैयाँ, सिटिजन लाइफको १ हजार १०८ वटा पोलिसी बराबरको ८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५४९ वटा पोलिसी बराबरको ७ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७०८ वटा पोलिसी बराबरको ४ करोड ४६ लाख रुपैयाँ र सन नेपाल लाइफको २९५ वटा पोलिसी बराबरको २ करोड ९४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.