बुधबार, भाद्र ३,२०८३ 06:27:53
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:27:53
Bizshala
Global IME Bank Limited

सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो रु.६.१० अर्ब, कुन कम्पनीबाट कति ?

सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो रु.६.१० अर्ब, कुन कम्पनीबाट कति ?
New Office

काठमाडौं । जीवन बीमा कम्पनीहरुबाट ६ अर्ब बढीको बीमा पोलिसी त्याग (सरेण्डर) भएको छ । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा ६ अर्ब १० करोड ७२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको हो ।  

पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । जीवन बीमा कम्पनीहरुले बीमालेख त्याग गर्नेको संख्या कम गर्न विभिन्न योजनाहरु समेत ल्याइरहेका छन् । बीमा कम्पनीहरुले यस्तो दर कम गर्न व्यतित बीमालेख नविकरणमा शतप्रतिशत छुटजस्ता योजनाहरु ल्याएपनि कम्पनीहरुमा महिनैपिच्छे एक अर्ब रुपैयाँ भन्दा बढी सरेण्डरमार्फत बाहिरिएको छ ।  

Bizshala
CG Motors

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुमार्फत ४५ हजार ६० वटा बीमा पोलिसी वापत ६ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका हुन् ।

५ महिनासम्ममा सर्वाधिक एलआईसी नेपालको पोलिसी सरेण्डर भएको छ । मंसिर मसान्तसम्ममा कम्पनीबाट ११ हजार ७ सय ९३ वटा बीमा पोलिसी वापत १ अर्ब ९३ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

दोस्रोमा नेपाल लाइफ रहेको छ । कम्पनीमा यस अवधिसम्मा १० हजार ३ सय १७ वटा बीमा पोलिसी वापत १ अर्ब ६९ करोड रुपैयाँ बराबरको बीमालेख त्याग भएको छ ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफको ३ हजार ७५२ वटा पोलिसी बराबरको ४० करोड रुपैयाँ, नेशनल लाइफको २ हजार ५४१ वटा पोलिसी बराबरको ३७ करोड रुपैयाँ, सूर्य ज्योति लाइफको २ हजार ४८८ वटा पोलिसी बराबरको ३२ करोड ६४ लाख रुपैयाँ, हिमालयन लाइफको ३ हजार ३३ वटा पोलिसी बराबरको २८ करोड रुपैयाँ र मेट लाइफको १ हजार ५१६ वटा पोलिसी बराबरको १७ करोड रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ७८७ वटा पोलिसी बराबरको १९ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफको ७६३ वटा पोलिसी बराबरको ८ करोड ४३ लाख रुपैयाँ, सिटिजन लाइफको १ हजार १०८ वटा पोलिसी बराबरको ८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ५४९ वटा पोलिसी बराबरको ७ करोड ८० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको ७०८ वटा पोलिसी बराबरको ४ करोड ४६ लाख रुपैयाँ र सन नेपाल लाइफको २९५ वटा पोलिसी बराबरको २ करोड ९४ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.