मंगलवार, कार्तिक ३,२०८३ 03:30:06
  • मंगलवार, कार्तिक ३,२०८३ 03:30:06
Global IME Bank Limited

नेप्सेमा ७ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Bizshala
नेप्सेमा ७ वटा कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक,मितेरी डेभलपमेन्ट बैंक,चिलिमे जलविद्युत कम्पनी, छिमेक लघुवित्त,आत्मनिर्भर लघुवित्त र जीवन विकास लघुवित्तको सेयरमूल्य समायोजन भएको हो ।  

कृषि विकास बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३२४.१७ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३३३.९० रुपैयाँ कायम थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै महालक्ष्मी विकास बैंकले घोषणा गरेको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ३७७.६७ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३८९ रुपैयाँ थियो ।  

मितेरी डेभलपमेन्ट बैंकको पनि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ६३५.३९ रुपैयाँ कायम भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई ९.५०७९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

यस्तै समायोजनपश्चात चिलिमे जलविद्युत कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१८.१८ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

छिमेक लघुवित्तले घोषण गरेको ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८६१.२० रुपैयाँ निर्धारण भएको छ । यस्तै आत्मनिर्भर लघुवित्तले आव २०८०/८१ सम्मको मुनाफाबाट प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयरका लागि समेत सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५ हजार ७१५.५४ रुपैयाँ कायम भएको छ ।  

यसैगरी जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १ हजार ३७८ रुपैयाँ कायम भएको छ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.