बुधबार, भाद्र ३,२०८३ 04:51:32
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:51:32
Bizshala
Global IME Bank Limited

यी ७ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

यी ७ कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ७ वटा कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यी कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा हिमालयन डिष्टिलरी, मेरो माइक्रोफाइनान्स, कालिका लघुवित्त, कालिका पावर, सूर्योदय वोमी लघुवित्त,श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लुम्बिनी विकास बैंककोको सेयरमूल्य समायोजन भएको हो ।  

Bizshala
CG Motors

हिमालयन डिष्टिलरीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १८३.४८ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३६१ रुपैयाँ कायम थियो ।  

यस्तै मेरो माइक्रोफाइनान्सले घोषणा गरेको ७.५० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ६८०.९३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७३२ रुपैयाँ थियो ।  

कालिका लघुवित्तको पनि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता १००४.५७ रुपैयाँ कायम भएको छ । संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

यस्तै समायोजनपश्चात कालिका पावरको सेयरमूल्य प्रतिकित्ता ५०३.७४ रुपैयाँ कायम भएको छ । कम्पनीले गत आवका लागि ७ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।  

सूर्योदय वोमी लघुवित्तले घोषणा गरेको ६ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ७१४.४३ रुपैयाँ निर्धारण भएको छ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आव २०८०÷८१ सम्मको मुनाफाबाट प्रस्ताव गरेको १.८६९५ प्रतिशत बोनस सेयरका लागि समेत सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५४.६५ रुपैयाँ कायम भएको छ ।  

यसैगरी लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै प्रतिकित्ता ४६६.०२ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.