आईतवार, फाल्गुन ११,२०८१ 03:18:58
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:18:58
IME remit
Global IME Bank Limited

'अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयर कर्जा अझै सहज बनाउनुपर्छ'

भरत ढकाल भन्छन्–‘व्यवसायीले जथाभावी गर्दा समस्या भयो, बैंक डूबे देश डूब्छ

Hyundai Nepal
'अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयर कर्जा अझै सहज बनाउनुपर्छ'
Nabil Bank Limited

काठमाण्डौ । सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन घर र सेयरधितो कर्जालाई एकपटक अझै सहज गरेर अगाडि बढ्नुपर्नेमा बैंकर तथा विश्लेषक भरतराज ढकालले जोड दिएका छन् ।  

बिजशालासँग कुरा गर्दै मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले सबै दोषजति बैंकरहरुको टाउकोमा थोपरेर, अनावश्यक लाञ्छना लगाएर अर्थतन्त्रमा सुधार नहुने प्रष्ट पारे ।  

अर्थतन्त्रलाई तत्काल चलायमान बनाउन एकपटक फेरि घर र सेयरधितो कर्जालाई सहज बनाउनुपर्ने र यसबाहेक कृषिमा पनि एकिकृत योजना ल्याएर सरकार अगाडि बढनुपर्नेमा जोड दिए । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

मुक्तिनाथ कृषि कम्पनीको अध्यक्ष समेत रहेका ढकालले किसानको उत्पादनलाई सरकारले खरीदको ग्यारेण्टी गर्नुपर्ने र यो क्षेत्रतर्फको आकर्षण बढाउने नीतिहरु तर्जुमा हुनुपर्ने बताए । ‘सरकार सबै राम्रो मात्रै छ भन्ने र निजी क्षेत्रले चाहिँ सबै खराब मात्र छ भन्नुभन्दा सबै मिलेर रोजगारी सिर्जना गर्नेतर्फ अगाडि बढ्नुपर्छ । ठूला व्यवसायीलाई निरुत्साहित गर्ने काम सरकारले रोक्नुपर्छ ।’ उनले भने–‘अहिलेको ठूलो समस्या नै सरकारले निजी क्षेत्रसँग छलफल नगर्नु हो । यो प्रवृतिमा सुधार हुनुपर्छ ।’  

ढकालले थप्दै भने-'अहिले सबै दोष जति बैंकरको थाप्लोमा हालिएको छ । बैंकरहरुमाथि आक्रमण भइरहेको छ । यस्तो अवस्थामा नेपालमा सरकार छ कि छैन भन्ने प्रश्न उठेको छ ।'

उनले पछिल्लो समय केही अराजक समूहले ‘बैंक डूब्दैछन्’ भन्ने हौवा फिजाएकोमा आपत्ति जनाए । ‘यस्ता हौवाको पछि सर्वसाधारण लाग्नु हुँदैन ।’ उनले थपे–‘नेपाल राष्ट्रबैंकबाट  इजाजतप्राप्त बैंकमा ५ लाखसम्म निक्षेपको बीमा हुन्छ । त्यसभन्दा बढीको निक्षेप पनि समस्यामा पर्दैन । किनकी नेपालको बैंक डुब्नु भनेको देश नै टाट पल्टिनु हो । कुनै बैंकमा यदि समस्या आयो नै भने पनि नेपाल राष्ट्रबैंकले ब्यबस्थापन आफैं लिन्छ ।’  

नेपालका बैंक बलिया रहेका उल्लेख गर्दै ढकालले थपे–‘किनकी कर्जा धितोमा मात्रै गएको छ भने पूँजी पनि त्यही अनुसारले बलियो रहेको छ । यद्यपि  नेपालको अर्थतन्त्र केही धरमराएको हुनसक्ला । यसमा बैंकहरुले भन्दा पनि ऋणीले ऋण लिँदा आफ्नो परिवारमा छलफल गरेर, जोखिम विश्लेषण गरेर मात्रै लिनुपर्छ ।’

अहिले केही बैंकमा निस्क्रिय कर्जाको अनुपात बढ्नेजस्ता समस्या आउनुमा बैंकभन्दा पनि बढी व्यवसायी कारक रहेका उनको तर्क छ । ‘किनकी ऋण सहमतिमा दिएको हो । जोखिम विश्लेषण नगरी व्यवसायीले लगानी गरे । केही कर्जाको दुरुपयोग पनि भयो । सबैभन्दा ठूलो गल्ती त व्यवसायीले घरजग्गामा जथाभावी लगानी गरेर गरे । यो ब्यापार अहिले ठप्पजस्तै छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा चलेको हो । सबैले किनेर खाने भएपछि व्यवसायीले पनि त्यहीअनुसारको व्यापार गरेका थिए । उपभोग गर्ने बस्तुको माग पनि घट्यो । अहिले घरजग्गाको व्यवसाय र उपभोग्य बस्तुको व्यापार चौपट हुँदा धेरै व्यापारी व्यवसायी डूब्ने अवस्था बन्यो ।’  

बैंकले ऋण दिने बेलामा नै सबै कुरा प्रष्ट पार्ने गरेको र कसैले तोकेभन्दा बढी ब्याज लिएको भए राष्ट्रबैंकमा उजुरी गर्न मिल्ने व्यवस्था रहेको समेत उनले बताए । ‘कुनै पनि बैंकले नियमनभन्दा बाहिर गएको खण्डमा राष्ट्र बैंकको छुट्टै इकाईले हेर्छ । त्यहाँ जोकसैले उजुरी गर्न मिल्छ । उच्च नियमनमा रहेका संस्थाहरु डूब्ने भन्ने सवाल नै उठ्दैन ।’–उनले भने ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.