मंगलवार, कार्तिक ३,२०८३ 02:12:59
  • मंगलवार, कार्तिक ३,२०८३ 02:12:59
Global IME Bank Limited

बंगुर बीमालेख जारी, यस्तो छ बीमाशुल्क र दाबी भुक्तानी प्रक्रिया

Bizshala
बंगुर बीमालेख जारी, यस्तो छ बीमाशुल्क र दाबी भुक्तानी प्रक्रिया
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बंगुर बीमालेख जारी गरेको छ । प्राधिकरणको पुष ४ गतेको निर्णयबाट ‘बंगुर बीमालेख’ स्वीकृति भई यो बीमालेख जारी भएको हो ।  

प्राधिकरणका अनुसार यो बीमालेख बीमितले बीमाशुल्क भुक्तानी गरेपछि मात्रै प्रारम्भ हुनेछ । यस बीमालेखमा बंगुरको आगलागी वा अग्निको कारणले क्षति भए, हावाजन्य क्षति, जल उत्पन्न तथा मौसमजन्य क्षति, भूमिजन्य क्षति, रोग तथा किराको कारणले भएको क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र जंगली जनावरको आक्रमणबाट क्षति भएमा रक्षावरण हुने प्राधिकरणले जनाएको छ ।  

यस बीमालेखअन्तर्गत बीमितले न्यूनतम दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्नुपर्नेछ । बीमा गर्दा दुई सय रुपैयाँ बीमाशुल्क लाग्ने र त्यस्तो बीमाशुल्कमा अनुदान उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

दुर्घटना अवधिभित्र बीमितको विभिन्न कारणले दुर्घटना भएमा बीमा वापत बीमकले बीमितलाई बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ । आत्महत्या बाहेक अन्य कुनै पनि दुर्घटनाको कारणले मृत्यु भए, स्पाइनल इन्जुरीको कारण पुनः ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एक वा दुबै हातको नाडी देखि माथि पुरै हात काम नलाग्ने भएमा, एक वा दुबै खुट्टाको गोली गाँठो देखि माथि पुरै खुट्टा काम नलाग्ने भएमा र दुबै आँखाको दृष्टि गुमेमा बीमा कम्पनीले बीमितलाई बीमाङ्क रकम भुक्तानी गर्नुपर्नेछ ।  

बीमाङ्क तथा बीमाशुल्क व्यवस्था  

बीमा प्राधिकरणका अनुसार मासु प्रयोजनका लागि बीमा गरिने बंगुरको बीमाङ्क स्थानीय बंगुरमा औसत शारिरिक तौल ३० केजी र जिवित बंगुरको मासुको प्रचलित बजार मूल्य ४०० रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ बीमाशुल्क तिनुपर्नेछ ।  

त्यस्तै, घरपालुवा बँदेलको तौल ४० केजी भए प्रतिकेजी ६०० रुपैयाँको दरले २४ हजार रुपैयाँ र उन्नत नश्लका ९

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

क्रसब्रीड वा शुद्ध नश्ल० प्रजातिका भए १०० केजीलाई ३५० रुपैयाँका दरले कुल ३५ हजार रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।  

साथै प्रजनन प्रयोजनका लागि पालिएको बंगुरलाई भने ३५ दिनदेखि १ वर्षसम्मका लागि १२० केजी भए प्रतिकेजी ३५० रुपैयाँका दरले ४२ हजार रुपैयाँ, एक वर्षभन्दा माथि २ वर्ष पुरा नभएको बंगुरको हकमा १४० केजी भए प्रतिकेजी ३५० रुपैयाँका दरले ४९ हजार रुपैयाँ र २ वर्षभन्दा माथि ४ वर्षसम्मका लागि २०० केजी भए प्रतिकेजी ३५० का दरले कुल ७० हजार रुपैयाँसम्म बीमाशुल्क तिनुपर्नेछ ।  

प्रस्तावकले विदेशबाट आयात गरिएका जातका बंगुरको हकमा विदेशमा पैसा पठाएको प्रमाणपत्र, पशुसेवा विभागको आयात सिफारिस पत्र, क्वारेन्टाइन जाँचपास प्रमाणपत्र र बीजक बीमकलाई पेश गर्नुपर्नेछ र बीमकले सोको आधारमा बीमाङ्क निर्धारण गर्नुपर्नेछ ।  

दाबी सम्बन्धी प्रक्रिया

यस बीमालेखले रक्षावरण गरेको बंगुरको क्षति भएमा क्षति भएको तीनदिनभित्र बीमितले बीमकलाई सो को विषयमा जानकारी गराउनुपर्नेछ । त्यस्तो जानकारी भएको ४८ घण्टाभित्र बीमक वा बीमकको प्रतिनिधिले निरीषण गर्न सक्ने हुँदा सो अवधिसम्म क्षति भएको स्थानलाई सुरक्षित गरी राख्नुपर्नेछ ।  

बीमितले दाबी भुक्तानी प्रक्रियाका लागि पूर्ण रुपले भरेको दाबी फाराम, सर्जमिन मुचुल्का, पूर्ण क्षतिको हकमा सक्कल बीमालेखको प्रति र आंशिक क्षतिको हकमा बीमालेखको छायाँप्रति, स्थानीय तहको वडा कार्यालयको पशुपन्छी सम्बन्धी सेवा दिने प्राविधिक वा शाखा वा शाखा नभएको वस्थामा वडा कार्यालयले क्षति भएको भनि गरेको सिफारिस, लगाइएको संकेतपट्टा र सो देखिने गरी बंगुर सहितको फोटो बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्नेछ ।

दाबी परेपछि बीमा कम्पनीले तत्काल बंगुरको क्षति बीमा दाबी भुक्तानी प्रक्रिया प्रारम्भ गर्नुपर्नेछ । साथै दाबी सम्बन्धी जानकारी वा सूचना प्राप्त भएपछि बीमकले दाबी भुक्तानी प्रक्रिया पुरा गर्न बीमितलाई सहयोग समेत गर्नुपर्नेछ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.