शनिबार, फाल्गुन १०,२०८१ 11:08:15
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 11:08:15
IME remit
Global IME Bank Limited

एनसेल बन्यो आइएसओ २७००१ र २७७०१ को मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी

Hyundai Nepal
एनसेल बन्यो आइएसओ २७००१ र २७७०१ को मान्यता पाउने पहिलो नेपाली दूरसञ्चार कम्पनी
Nabil Bank Limited

काठमाण्डौ । एनसेल प्रतिष्ठित आइएसओ २७००१ः२०२२ (आइएसएमएस) र २७७०१ः२०१९(पीआइएमएस)को मान्यता पाउन सफल भएको छ । यसले डेटा सुरक्षा र गोपनीयतामा एनसेलको नेतृत्वदायी स्थानलाई थप मजबुत बनाएको र ग्राहकहरूको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।

यस उपलब्धिसँगै, एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आइएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआइएमएस)प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ । जसले ग्राहकहरूको सूचना सुरक्षा सुनिश्चित गर्न ेएनसेलको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको एनसेलले उल्लेख गरेको छ । एनसेलको विश्वसनीयता र सूचना सुरक्षालाई अझ सुदृढ बनाउँदै कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरु प्राप्त भएको समेत कम्पनीले जनाएको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको एक प्रमुख कोसेढुङ्गा हो । यसले एनसेल निरन्तर सुधार र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको,गुणस्तर र सुरक्षाप्रति सधै समर्पित रहेको स्पष्ट पार्दछ । सीइओका रुपमा, म यो अन्तराष्ट्रिय रूपमा मान्यताप्राप्त मापदण्ड प्राप्त गर्ने परिवर्तनकारी अनुभव साझा गर्न पाएकोमा हर्षित छु । यसले टेलिकम उद्योगमा उत्कृष्टता प्रति हाम्रो प्रतिबद्धतालाई उजागर गर्दछ । हाम्रो टिमको समर्पणमा म अत्यन्त गर्व गर्छु, र नवीन प्रविधि भित्राउन नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै सूचना सुरक्षा र डेटा गोपनीयताका उच्चतम मापदण्डहरू कायम राख्नेछौं,’एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।

यी मान्यताहरु ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरुमा एनसेलले उच्चतम मापदण्डहरू पुरा गरेको प्रमाण भएको कम्पनीको भनाई छ । यसले ग्राहकहरूलाई उनीहरुका व्यक्तिगत र संवेदनशील जानकारीहरु एनसेललेउच्चजवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरु सुरक्षितरहने प्रत्याभुति प्रदान गर्ने जनाइएको छ ।

ग्राहक र साझेदारहरुका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउनएनसेलले सशक्तउपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्दछ । त्यसै गरी, आइएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्नर गोपनीयतामाउत्कृष्ट अन्र्तराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको एनसेलको भनाई छ ।  

आइएसओ मापदण्डहरू पालना गरेर, एनसेलले ग्राहकहरूलाई उनीहरुको डाटा अन्तर्राष्ट्रिय मापदण्ड प्रक्रियापुरा गरेको एक सुरक्षित प्रणालीले संरक्षण गरिरेहको सुनिश्चितता प्रदान गर्दछ । यी मान्यताहरुले एनसेलको पारदर्शिता र जवाफदेहीतालाई दर्शाउँछ जसले ग्राहकको विश्वास नै व्यवसायसञ्चालनको केन्द्रबिन्दु रहेको सुनिश्चित गर्दछ । एनसेलका सिस्टमहरू सम्भावित अवरोधहरु न्यूनिकरण गर्ने, जोखिमहरू कम गर्ने, र व्यवसाय निरन्तरतालाई बढाउने गरी डिजाइन गरिएको छर सबै प्रक्रियामा डेटा सुरक्षा र गोपनीयतालाई उच्च प्राथमिकता दिइएको छ।

यस उपलब्धिसँगै, एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा एउटा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीको दाबी छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.