काठमाण्डौ । एनएमबि बैंकको २९ औं वार्षिक साधारणसभा पुस २५ गते बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ ।
काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलको सभापतित्वमा भएको साधारणसभामा शेयरधनीहरुले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।
साधारणसभाबाट बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको वित्तीय विवरण पारित गरेको छ ।