सोमबार, बैशाख ७,२०८३ 02:43:47
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 02:43:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार

Bizshala
होन्डाले पेश गर्यो हाई–टेक फिचर्समा आधारित दुईवटा ईभी कार
Shivam Cement

काठमाण्डौ । होन्डाले ‘कन्ज्युमर इलेक्ट्रोनिक्स शो(सीईएस २०२५)मा कम्पनीको नयाँ ‘०’ सीरीज ब्याट्री ईभी लाइनअपका सवारी साधनको पहिलो दुईवटा मोडल–होन्डा ‘०’ एययुभी र होन्डा‘०’स्यालुन प्रोटोटाइप पेश गरेको छ । यी दुवै प्रोटोटाइपमा आधारित उत्पादन मोडल सन् २०२६ मा उत्तर अमेरिकामा लञ्च गरिनेछ । त्यपश्चात मात्रै यी मोडललाई विश्व बजारमा उतारिनेछ ।  

कम्पनीले होन्डा ० सीरीज मोडलमा उपयोगका लागि आफ्नो ह्वील अपरेटिङ सिस्टम(ओएस)असीमो ओएस पेश गरिनेछ । यसका अलावा होन्डाले रेनेसास इलेक्ट्रोनिक कर्पोरेशनसँग हाई–पर्फरमेन्स सिस्टम अन–चिप डेभलपका लागि सम्झौता घोषणा गरिएको छ । जसलाई आगामी केही वर्षमा ‘०’ सीरीजका नेक्स्ट जेनेरेशन मोडलमा प्रयोग गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यो एउटा मिड साइज ईभी एसयुभीको प्रोटोटाइप हो । कम्पनीले नयाँ ईभी आर्किटेक्चरमाथि राम्रो प्रोडक्सन हुने पहिलो ‘०’ सीरीज मोडल हुने जनाएको छ । यो एसयुभी गत वर्ष सीईएस २०२४ मा शोकेश गरिएको स्पेश हब कन्सेप्ट मोडलमा आधारित छ ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीले यो एसयुभी प्रोटोटाइपको इन्टेरियरले अन्तरिक्षमा भएको आभास दिलाउनेछ । यो एसयुभीमा कयौं एड्भान्स फिचर्स उपलब्ध गराइने छ । यो मोडल अल्ट्रा–पर्सनल अप्टिमाइजेशन र असिमो अपरेटिङ सिस्टमबाट सुसज्जित छ ।  

यसका साथै स्टीयर बाई–वायर सिस्टम अपनाइएका कारण बाई–वायर डिभाइस जस्ता स्टीयरिङ श्विल,सस्पेन्सन तथा ब्रेकका इन्टिग्रेशन कन्ट्रोल सम्भव भएको छ । यसबाट राम्रो ह्याण्डलिङ पाइनेछ । कम्पनीले यसको उत्पादन ओहिओमा सुरु गर्नेछ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.