काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस २९ गते सोमबार, अम्रपाली ब्याङ्क्वेट बालुवाटारमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०२ को ३.६५१६ प्रतिशतबराबरको बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्तापूँजीको ०.१९२२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यो प्रस्ताव पारित भएसँगै सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ पुगेको छ ।
साधारण सभाले आव २०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्तिलगायतका प्रस्ताव समेत पारित गरेको छ ।