बिहीबार, चैत्र २१,२०८१ 03:26:54
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:26:54
IME remit
Global IME Bank Limited

डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक

Hyundai Nepal
डूब्ने अवस्थामा पुगेको पोखरा फाइनान्सद्वारा मर्जरका लागि हारगुहार, रु. ३० सम्म पाए लिने दाउमा केही बैंक
Nabil Bank Limited

काठमाण्डौ । राष्ट्रबैंकको कारबाहीमा पर्ने र त्यसको असरले सेयरमूल्यमा पहिरो जाने तथा निक्षेपकर्ताको विश्वास डगमगाउने भएपछि पोखरा फाइनान्सले कुनै वाणिज्य बैंकसँग बिलय हुने गरी मर्जरको छलफललाई तीव्र पारेको छ ।  

पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडका उच्च अधिकारीहरु कर्णाली डेभलपमेन्ट बैंककै जस्तो हालत कम्पनीको हुने भयपछि रातारात मर्जरको प्रयासमा जुटेका हुन् । 

Shivam Cement
Bizshala
CG Motors

यसका लागि उनीहरुले केही वाणिज्य बैंकहरुसँग आफ्नो संस्थालाई एक्वीजिसन गरेर जोगाइदिन अनुरोध गरिरहेका स्रोतहरुको दाबी छ । 'हामीले अब सकेनौं, तपाईहरुले लिइदिएर संस्था डूब्नबाट जोगाइदिनपर्यो भन्दै अनुरोध आएको छ ।' एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजशालासँग भने-'हामीले त्यहाँबाट आएको प्रस्ताव सञ्चालक समितिमा छलफल गर्छौ भनेका छौं ।' 

ती बैंकरले आफूहरुले पोखरा फाइनान्सका उच्च अधिकारीहरुलाई संस्थालाई ३० रुपैयाँसम्ममा स्वाप गर्न सम्भव हुन्छ या हुन्न भन्ने दिशामा छलफल अगाडि बढाएको समेत दाबी गरेका छन् । 'खराब कर्जाले थलिन लागेको फाइनान्सले धेरै मूल्य दिने कुरा भएन ।' ती अधिकारीले भने-'सोहीकारण व्यवस्थापन तहमा ३० रुपैयाँसम्म मूल्य दिंदा उपयुक्त हुन्छ कि भन्ने सुझाव आएको छ । सञ्चालक समितिको म्याण्डेडबिना बाँकी कुरा अगाडि बढ्न सकेको छैन ।'  

फाइनान्सका अधिकारीहरुले भने सेयर बजारमा पहिरो आउन नदिन, केन्द्रीय बैंकको शीघ्र सुधारात्मक कारबाहीको हल्लाले संस्थाको अवस्था थप कमजोर बन्न नदिन तथा निक्षेपकर्ताको विश्वास कायम राख्न निकै राम्रो मूल्यमा एक अग्रणी वाणिज्य बैंकसँग मर्जरमा जान लागेको हल्ला सुनियोजित ढंगले चलाएका छन् । पोखराकै एक मिडिया एजेन्सीलाई प्रयोग गरेर उनीहरुले बुधबार बिहानै विभिन्न सञ्चारमाध्यममा एक विज्ञप्ति पठाएका पाइएको छ। सो विज्ञप्तिमा फाइनान्सका उच्च अधिकारीहरुको दाबीलाई उद्धृत गर्दै भनिएको छ-'एक उच्चअधिकारीकाअनुसार संस्थाले आफ्ना ग्राहकहरूलाई अधिकतम वित्तीय सेवा प्रदान गर्न र सेयरधनीहरुलाई उच्च प्रतिफल दिने लक्ष्यका साथ मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने बिषयमा फाइनान्सले छलफल शुरु गरिसकेको छ ।'

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्को एक स्रोतका अनुसार पोखरा फाइनान्सका सञ्चालकहरु भरसक नवील बैंकमा बिलय हुने प्रयासमा छन् । विकल्पको रुपमा ग्लोबल आईएमई बैंक समेत राखिएको छ । तर यी दुवै बैंकले फाइनान्सलाई भाउ दिएका छैनन् ।

पछिल्लो समय यो वित्तीय संस्थाभित्र संस्थागत अनुशासन उल्लंघनका थुप्रै घटना भएका छन् । स्रोतहरुको व्यापक दुरुपयोग, केही उच्च अधिकारीहरुको मिलेमतोमा खराब धितोमा धेरै कर्जा प्रवाह, भ्रष्टाचार लगायतका विकृतिले फाइनान्सको वित्तीय स्वास्थ्य जोखिममा छ । यहीकारण केन्द्रीय बैंकले यो वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गर्न लागेको छ । भरसक व्यवस्थापन नै टेकओभर गर्ने तयारी भइरहेको बेला सञ्चालकहरुले बठ्याईं गर्दै सर्वसाधारणको आँखामा छारो हाल्न तथा ब्राण्ड खराब हुन नदिन सुनियोजित ढंगले उच्च प्रतिफल दिन अग्रणी वाणिज्य बैंकसँग मर्जरमा जान लागेको हल्ला फैलाएका पाइएको छ ।  

वि.सं. २०५३ सालदेखि सञ्चालनमा आएको पोखराफाइनान्स लिमिटेड पोखरा क्षेत्रको एक स्थापित र पुरानो वित्तीय संस्थाका रुपमा परिचित छ । हाल मुख्य कार्यालयसहित कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँके समेत गरी २५ वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  

हाल यस संस्थाको चुक्तापुँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्ब र कर्जा ८ अर्ब  हाराहारी रहेको छ ।  

दोश्रो बजारमा पोखरा फाइनान्सको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५२९ रुपैयाँ रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.