शनिबार, जेष्ठ २,२०८३ 01:18:11
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:18:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य

Laxmi Sunrise Bank Limited
चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य
Shivam Cement

काठमाण्डौ । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दीपल ईभी कारको आधिकारिक वितरक एमएडब्ल्यु बृद्धि अटोकर्प प्रालिले चांगन मोटर्सको नयाँ इलक्ट्रिक यसयूभी ‘दीपल एस०७ एल’ सार्वजनिक गरेको छ । काठमाण्डौमा आज एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन भएको यो मोडल सार्वजनिक गरेको हो ।  

पिक अप र रेञ्जको लागि यो मोडल उपयुक्र्त  एसयूभी रहेको कम्पनीले जनाएको छ । यसअघि लन्च गरिएको ‘दीपल एस०७’ भन्दा एसेप्टिबिलिटिको आधारमा ‘दीपल एस०७ एल’ उत्कृष्ट रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो मोडल अपग्रेडेड पर्फमेन्स एसयूभी मोडल हो ।  

कम्पनीका अनुसार एक वर्षअघि मात्रै नेपाली अटो सेक्टरमा लन्च गरिएको ‘दीपल ०७’ हालसम्म ७५० वटा नेपाली सडकमा गुडिरहेका छन् । नेपाली अटो क्षेत्रमा दीपल गाडीले ग्राहकको मन जित्दै गएको र ‘दीपल ०७ एल’ ले थप ग्राहकलाई आकर्षित बनाउने फिचर्स रहेको कम्पनीले जनाएको छ ।  

उच्च पर्फर्मेन्स र लामो रेन्ज

दीपल एस ०७ एलमा १६० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ, जुन पहिलेको रेगुलर भर्सनको तुलनामा ६० किलोवाट बढी शक्तिशाली हो । यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।

Bizshala
New Office
CG Motors

स्पीड र पर्फर्मेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको यस एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.६ सेकेन्डमा हासिल गर्छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

अत्याधुनिक फिचर र सुरक्षा

यो एसयूभीमा मोटर र ब्याट्रीको क्षमता बाहेकका अन्य फिचरहरू पनि उल्लेखनीय छन्। यसमा फ्रेमलेस डोर, २० इन्चका ठूला टायर, र बोल्ड एक्सटेरियर डिजाइन रहेको छ। क्याबिनभित्र १५.६ इन्चको सनफ्लावर टचस्क्रीन, क्वालकम स्नेपड्रागन ८१५५ चिपसेट, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, र जेस्चर कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधि उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ र ३६० डिग्री पानोरामिक क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

मूल्य र अफर

दीपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, प्रारम्भिक अफरअन्तर्गत १५ दिनभित्र खरिद गर्ने ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमा यो एसयूभी किन्न सक्नेछन् ।

कम्पनीका अनुसार दीपल एस ०७ एलले नेपाली ईभी बजारमा उच्चस्तरीय पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको अनुभव प्रदान गर्नेछ । कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले दीपल एस ०७ एल निकै गुणस्तरीय भएको हुँदा उत्कृष्ट बजार पाउने बताए । उनले भने, दीपल एस ०७ ले उत्कृष्ट बजार पाएको छ । सोहि गाडिको अपग्रेड दीपल एस ०७ एल हो । निकै गुणस्तरीय गाडि छ । रेन्ज पनि निकै उत्कृष्ट छ । यसले नेपाली अटो बजारमा लोकप्रिय हुनेछ ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.