• बिहीबार, भाद्र २६,२०८२ 04:04:28
Global IME Bank Limited

चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य

Hyundai Nepal
चांगन मोटर्सको ‘दीपल एस ०७ एल’ लन्च, यस्तो छ फिचर्स र बजार मूल्य

काठमाण्डौ । नेपालका लागि प्रिमियम र इन्टेलिजेन्ट दीपल ईभी कारको आधिकारिक वितरक एमएडब्ल्यु बृद्धि अटोकर्प प्रालिले चांगन मोटर्सको नयाँ इलक्ट्रिक यसयूभी ‘दीपल एस०७ एल’ सार्वजनिक गरेको छ । काठमाण्डौमा आज एक कार्यक्रम आयोजना गर्दै कम्पनीले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन भएको यो मोडल सार्वजनिक गरेको हो ।  

पिक अप र रेञ्जको लागि यो मोडल उपयुक्र्त  एसयूभी रहेको कम्पनीले जनाएको छ । यसअघि लन्च गरिएको ‘दीपल एस०७’ भन्दा एसेप्टिबिलिटिको आधारमा ‘दीपल एस०७ एल’ उत्कृष्ट रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो मोडल अपग्रेडेड पर्फमेन्स एसयूभी मोडल हो ।  

कम्पनीका अनुसार एक वर्षअघि मात्रै नेपाली अटो सेक्टरमा लन्च गरिएको ‘दीपल ०७’ हालसम्म ७५० वटा नेपाली सडकमा गुडिरहेका छन् । नेपाली अटो क्षेत्रमा दीपल गाडीले ग्राहकको मन जित्दै गएको र ‘दीपल ०७ एल’ ले थप ग्राहकलाई आकर्षित बनाउने फिचर्स रहेको कम्पनीले जनाएको छ ।  

उच्च पर्फर्मेन्स र लामो रेन्ज

दीपल एस ०७ एलमा १६० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेको छ, जुन पहिलेको रेगुलर भर्सनको तुलनामा ६० किलोवाट बढी शक्तिशाली हो । यसमा ७९.९ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ, जसले सिंगल चार्जमा ४८५ किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्पीड र पर्फर्मेन्सका लागि विशेष रूपमा डिजाइन गरिएको यस एसयूभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति मात्र ६.६ सेकेन्डमा हासिल गर्छ। यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

अत्याधुनिक फिचर र सुरक्षा

यो एसयूभीमा मोटर र ब्याट्रीको क्षमता बाहेकका अन्य फिचरहरू पनि उल्लेखनीय छन्। यसमा फ्रेमलेस डोर, २० इन्चका ठूला टायर, र बोल्ड एक्सटेरियर डिजाइन रहेको छ। क्याबिनभित्र १५.६ इन्चको सनफ्लावर टचस्क्रीन, क्वालकम स्नेपड्रागन ८१५५ चिपसेट, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, र जेस्चर कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधि उपलब्ध छन् ।

सुरक्षाका लागि यसमा एआइसीसी एडाप्टिभ क्र्युज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ र ३६० डिग्री पानोरामिक क्यामेरा जस्ता फिचरहरू समावेश गरिएको छ ।

मूल्य र अफर

दीपल एस ०७ एलको मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, प्रारम्भिक अफरअन्तर्गत १५ दिनभित्र खरिद गर्ने ग्राहकले ८१ लाख ९९ हजार रुपैयाँमा यो एसयूभी किन्न सक्नेछन् ।

कम्पनीका अनुसार दीपल एस ०७ एलले नेपाली ईभी बजारमा उच्चस्तरीय पर्फर्मेन्स, आरामदायी यात्रा, र नयाँ प्रविधिको अनुभव प्रदान गर्नेछ । कार्यक्रममा बोल्दै एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवालले दीपल एस ०७ एल निकै गुणस्तरीय भएको हुँदा उत्कृष्ट बजार पाउने बताए । उनले भने, दीपल एस ०७ ले उत्कृष्ट बजार पाएको छ । सोहि गाडिको अपग्रेड दीपल एस ०७ एल हो । निकै गुणस्तरीय गाडि छ । रेन्ज पनि निकै उत्कृष्ट छ । यसले नेपाली अटो बजारमा लोकप्रिय हुनेछ ।’

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.