काठमाण्डौ । स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । आज नेप्सेमा संस्थाको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । आज संस्थाको सेयरमूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँमा बन्द भएको थियो ।
संस्थाले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश९कर सहित प्रयोजनको लागि० गरी कुल ७.३६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यो लाभांश संस्थाको आगामी फागुन २६ गते आयोजना हुने साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश वितरण प्रयोजनका लागि संस्थाले फागुन १३ गते बुक क्लोज गर्दैछ ।