सोमबार, फाल्गुन ४,२०८२ 04:27:23
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:27:23
Bizshala
Global IME Bank Limited

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, पत्रकारदेखि भेटेरानसम्म दौडमा

बीमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन, पत्रकारदेखि भेटेरानसम्म दौडमा
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।  

तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचारमा मुछिएसँगै स्वतः पदमुक्त भएपछि नयाँ अध्यक्ष छनौटका लागि सार्वजनिक आह्वान गरिएको थियो ।  

सार्वजनिक रुपमा दरखास्त आह्वान गरिएकोमा तोकिएको समयसीमाभित्र अध्यक्षका लागि १२ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

प्राधिकरणको अध्यक्षका लागि आवेदन दिनेहरुमा कमलप्रसाद रेग्मी, देवराज रोका, शरद ओझा, चिरन्जिवी चापागाई, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसौला, डिमप्रसाद पौडेल, रामशरण पुडाशैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ रहेका छन् ।

आवेदकमध्ये रेग्मी प्राधिकरणकै कार्यकारी निर्देशक हुन् ।  

यस्तै, चापागाई बीमा समितिका पूर्व अध्यक्ष हुन् भने पूडासैनी कृषि विकास बैंकका पूर्व अध्यक्ष हुन् । नेपाल बायुसेवा निगमका पूर्व महाप्रबन्धक बनिसकेका डिमप्रकाश पौडेल, नागरिक लगानीकोषका पूर्व कार्यकारी निर्देशक रमण नेपाल, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलासँगै एक बीमा कम्पनीकै उच्च तहका अधिकारी बिक्रान्त पाण्डे पनि प्रतिस्पर्धामा देखिएका छन् । ओझा पत्रकार हुन् भने अन्य नाम समेत विभिन्न क्षेत्रमा क्रियाशील तथा बीमालाई बुझेका व्यक्ति हुन् ।  

प्राधिकरणको अध्यक्ष नियुक्तिका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले गत पुस २६ गते १५ दिनको समय राखेर इच्छुक योग्यहरुबाट दरखास्त आह्वान गरेको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणको अध्यक्ष पदको निम्ति बीमा, मौद्रिक, बैंकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा त्योसरहको उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान छ । सम्बन्धित क्षेत्रमा कम्तीमा पाँचवर्षको उच्च व्यवस्थापकीय कार्यानुभव हासिल गरेको पनि हुनुपर्ने व्यवस्था रहेको छ । यसैगरी, उच्च नैतिक चरित्र भएको, तीस वर्ष उमेर पूरा भई पैसठ्ठी वर्ष उमेर ननाघेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तुसम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूर नलागेकोलगायतका योग्यता पनि तोकिएको छ । यिनै योग्यता पूरा भएकामध्येबाट ३ जनाको सर्टलिस्ट तयार गरी छनौट तथा सिफारिस समितिले सरकारलाई पठाउनेछ । र, त्यसरी पठाइएका तीन नाममध्येबाट एकजनालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरिनेछ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.