सोमबार, असार २,२०८२ 01:00:31
  • सोमबार, असार २,२०८२ 01:00:31
Global IME Bank Limited

अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित

Hyundai Nepal
अमेरिकाद्वारा नेपाललाई दिने अनुदानमा रोक, यी ४ आयोजना हुनेछन् प्रभावित
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकाले नेपाललाई दिने अनुदान सहयोग रोकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै किसिमका वैदेशिक अनुदान रोक्न आदेश जारी गरेका हुन् ।  

अर्थमन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल ९० दिनका लागि यूसएडमार्फत आउने रकम रोकिएको जनाएको छ । विदेशी सहायत नीति र चासो प्रभावकारी भए÷नभएको निर्धारण गर्न अमेरिकी सरकारले सबै र पर्याप्त जानकारी पाउन अहिले असम्भव रहकाले राष्ट्रपति ट्रम्पको विदेश नीतिअनुरुप अनुदान स्थगत गरिएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

युएसएड र नेपाल सरकारबीच सम्झौतामार्फत नेपाललाई प्राप्त भएको अनुदान सहायता मध्ये बजेट प्रणालीमार्फत सर्वसंचित कोषबाट भुक्तानी हुने प्रकृतिका चारवटा आयोजना आयोजनाहरु ९० दिनका लागि स्थगित भएको हो ।  

अर्थमन्त्रालयका अनुसार चारवटा आयोजनाहरुमा यूएसएड हेल्थ डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट, यूएसएड एजुकेशन डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट र यूएसएड इन्क्लुसिभ पोलिसी डाइरेक्ट फाइनान्सिङ प्रोजेक्ट रहेका छन् ।  

९० दिनको अवधिमा स्थगित भएका आयोजना अन्तर्गत यूएसएड श्रोततर्फ कुनै दायित्व सिर्जना गर्ने कार्य नगर्न सम्बन्धित सबै निकायहरुलाई जानकारी गराइएको अर्थमन्त्रालयका सहसचिव महेश भट्टराइले बताए ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.