मंगलवार, कार्तिक ३,२०८३ 03:28:58
  • मंगलवार, कार्तिक ३,२०८३ 03:28:58
Global IME Bank Limited

आइएमई लाइफद्वारा २६.७८ करोड नाफा आर्जन, बीमाशुल्क आर्जन र ईपीएस कति ?

Bizshala
आइएमई लाइफद्वारा २६.७८ करोड नाफा आर्जन, बीमाशुल्क आर्जन र ईपीएस कति ?
New Office

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ३३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.२२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी ७९ लाख ८७ हजार, लगानी तथा कर्जा आम्दानी ६६ करोड ८८ लाख र बीमितलाई प्रदान गरिएको कर्जाबाट ४ करोड ३० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै कम्पनीको अन्य आम्दानी ४९ लाख ६६ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यो रकम २ अर्ब ६५ करोडबराबर थियो । यस्तै कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब २५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवसम्म कम्पनीले १ अर्ब ८७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो ।  

यो अवधिमा कम्पनीको खर्च बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ अर्ब ८७ करोड रुपैयाँ कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा १८.९७ प्रतिशतले बढी हो । कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड ७५ लाख र रिटेन्ड अर्निङ १ अर्ब ३८ करोड रुपैयाँबराबर रहेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ रहेको छ । समिक्षा अवधिसम्म कम्पनीले सेयर प्रिमियम शीर्षकमा ५२ करोड ३८ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.७१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.२३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९६.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४३.५५ गुणा कायम भएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.