बिहीबार, चैत्र २१,२०८१ 03:15:12
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:15:12
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी बढ्दा र खर्च घट्दा स्वावलम्बन लघुवित्तको नाफामा राम्रो सुधार

Hyundai Nepal
ब्याज आम्दानी बढ्दा र खर्च घट्दा स्वावलम्बन लघुवित्तको नाफामा राम्रो सुधार
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी बढ्दा र खर्चमा कमी आउदा नाफामा सुधार आएको छ । संस्थाले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले ८ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको तुलनामा ९४.२१ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ४ करोड १५ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी पनि २०.०२ प्रतिशतले बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६६ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको खुद ब्याज आम्दानी बढेर ८० करोड १ लाख रुपैयाँ पुगेको छ ।  

यस्तै संस्थाले ६१ करोड ४० लाख रुपैयाँ खुद सञ्चालन आम्दानी गरेको छ । संस्थालको कर्मचारी खर्च घटेको छ । अघिल्लो आवमा ४२ करोड ७३ लाख रुपैयाँ कर्मचारीको सेवा सुविधाका लागि खर्च गरेको संस्थाले समीक्षा अवधसिम्म ४१ करोड ३२ लाख खर्च गरेको छ । संस्थाको अन्य सञ्चालन खर्च पनि ४ करोड ८६ लाखबाट घटेर ४ करोड १६ लाख रुपैयाँ पुगेको छ । संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ३२ करोड ९८ लाख रुपैयाँको व्यवस्था गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको रिटेन्ड अर्निङमा ६०.११ प्रतिशतको गिरावट आएको छ । यससँगै संस्थाको रिडेन्ड अर्निङ १० करोड १७ लाख रुपैयाँमा सीमित बनेको छ । रिजर्भको आकार भने १ अर्ब ७२ करोड रहेको छ ।  

संस्थाको निक्षेप संकलन १४ अर्ब ८९ करोड र कर्जा प्रवाह १९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य मुनाफा १० करोड १७ लाख रुपैयाँ रहेको संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी भने १०.२६ रुपैयाँ रहेको छ ।  

संस्थाको खराब कर्जा अनुपात समेत घटेको छ । अघिल्लो आवसम्म ११.३६ रुपैयाँ रहेको खराब कर्जा अनुपात ८.२८ प्रतिशतमा खुम्चिएको छ । 

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएसं)९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१०.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार २७७.५३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८९.०३ गुणा र तरलता अनुपात ५.६१ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.