काठमाण्डौ । नेपाल धितोपत्र बजार पुँजीकरण ४३ खब रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्याङ्कअनुसार धितोपत्र बजार पुँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ ।
गत आवको तुलनामा धितोपत्र बजार पुँजीकरण २९.१९ प्रशितले बृद्धि भएको छ । गत आवको सोही अवधिसम्म धितोपत्र बजार पुँजीकरण ३३ खर्ब ३० अर्ब रुपैयाँ थियो ।
२०८० पुस मसान्तमा २१२०।६२ रहेको नेप्से सूचकाङ्क २०८१ पुस मसान्तमा २५९४.१३ कायम भएको छ ।
२०८१ पुस मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्यु कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। २०८० पुसमा सूचीकृत कम्पनीहरूको संख्या २७१ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५४।२ प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १६।३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.२ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८।५ प्रतिशत रहेको छ ।