बुधबार, भाद्र २५,२०८२ 10:30:55
  • बुधबार, भाद्र २५,२०८२ 10:30:55
Global IME Bank Limited

एलआईसी नेपालको ४.९२ लाख कित्ता अवितरित हकप्रदमा आजदेखि आवेदन दिन सकिने

Hyundai Nepal
एलआईसी नेपालको ४.९२ लाख कित्ता अवितरित हकप्रदमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा कुनै हद लाग्ने छैन । लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र कम्पनीको शाखा कार्यालयहरु,विराटनगर, विरगञ्ज,पुतलीसडक,पोखरा, नेपालगञ्ज,बुटवल,सुर्खेत र धनगढीमा आवेदन पेश गर्न सक्नेछन् ।  

आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको छ ।  

कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म  चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रदमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गर्न लागेको हो ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.