मंगलवार, कार्तिक ३,२०८३ 04:34:15
  • मंगलवार, कार्तिक ३,२०८३ 04:34:15
Global IME Bank Limited

आम्दानी बढेसँगै मकर जितुमाया सुरीको नाफा ३४०.६२% ले वृद्धि

Bizshala
आम्दानी बढेसँगै मकर जितुमाया सुरीको नाफा ३४०.६२% ले वृद्धि
New Office

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३४०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ७२ लाख खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत २४ करोड ५२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९३.२६ प्रतिशतले बढी हो । अघिल्लो आवमा भने कम्पनीले विद्युत बिक्रीमार्फत १२ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।    

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करेड ३ लाख,प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड १५ लाख र वित्त खर्च ९ करोड १९ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ६ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा यसको आकार ३ करोड २९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । कम्पनीको कुल चालु सम्पत्ति १५ करोड १ लाख र कुल चालु दायित्व २८ लाख ७० हजार रुपेयाँ छ । कम्पनीको चुक्तापुँजी ७६ करोड रुपैयाँबराबरको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १९.९७ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०८.१७ रुपैयाँ र रिर्टन अन इक्विटी ९.३५ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.