आईतवार, असार २२,२०८२ 04:04:01
  • आईतवार, असार २२,२०८२ 04:04:01
Global IME Bank Limited

नेपाल लाइफद्वारा ४६.८१ करोड खुद नाफा आर्जन, ईपीएस सामान्य बढ्यो

Hyundai Nepal
नेपाल लाइफद्वारा ४६.८१ करोड खुद नाफा आर्जन, ईपीएस सामान्य बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२.२६ प्रतिशतले बढेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले २२ अर्ब १२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १९ अर्ब ७१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ९ अर्ब २२ करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट २१ करोड २२ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट १ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले २८ अर्ब ५४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.९४ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २४ अर्ब ८१ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म ३१ अर्ब २ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको कुल खर्च २६ अर्ब ६५ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३० करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा २ अर्ब ३८ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि सामान्य बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १०.४२ रुपैयाँ रहेको ईपीएस बढेर ११.४१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८६८ रुपैयाँ र पीई अनुपात ७०.५२ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.