बुधबार, असार १०,२०८३ 05:58:52
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:58:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

३२ वर्षमै १०० बच्चाको पिता

Laxmi Sunrise Bank Limited
३२ वर्षमै १०० बच्चाको पिता

काठमाण्डौ । अमेरिकामा एक ३२ वर्षीय युवक १ सय बच्चाको पिता बन्दैछन् । हालसम्म ८७ जना बच्चाको जैविक पिता बनिसकेका काइल गार्डी अबको केही दिनमै थप केही बच्चाको बाउ बन्दैछन्, जसका कारण उनका सन्तानहरुको संख्या १ सय नाघ्नेछ ।

गार्डी विश्वकै सबैभन्दा चर्चितमध्येका एक शुक्रकिट दाता हुन्। क्यालिफोर्नियाका बासिन्दा गार्डीका सन्तानको संख्या १ सय पुगेसँगै उनी सय बढि सन्तान हुने विश्वका तीनजना व्यक्तिमध्येमा पर्नेछन् । तर, निकट भविष्यमै उनले धेरै सन्तानको पिताको रुपमा गिनिज बुकमा नाम लेखाउने सम्भावना छ । किनकि उनले शुक्रकिट दानको कार्यलाई रोक्ने कुनै मनसाय बनाएका छैनन्।

New Office
CG Motors
Garima Development Bank

काइलले द्यभ एचभनलबलत ल्यध नामक वेबसाइटको माध्यमबाट निःशुल्क रुपमा आफ्नो शुक्रकिटदान सेवा प्रदान गर्दछन् । वर्तमानमा उनी बेलायत, स्कटल्याण्ड, स्विडेन तथा नर्वेमा १४ जना बच्चाको पिता बन्दैछन् ।

उनका सोसल मिडियामा ३ हजार भन्दा धेरै फलोअर्स छन् र उनले महिलाहरुलाई आफ्नो सेवाका लागि सम्पर्क गर्न आमन्त्रण गर्दछन् ।

टिएलसी टिभीको लोकप्रिय कार्यक्रम नाइन्टी डे फियान्सेमा पनि प्रस्तुत भैसकेका गार्डी अहिले विश्वका विभिन्न ठाउँहरुमा यात्रा गरेर सेवा प्रदान गरिरहेका छन् ।  

गार्डीका अनुसार यो वर्ष उनले विश्वका विभिन्न देशको यात्रा गर्ने योजना बनाएका छन् । जापान र आयरल्याण्डका केही महिलासँग कुराकानी भैरहेको भन्दै उनले ती दुई देशमा आफुले पहिलोपटक शुक्रकिट दान गर्न गईरहेको पनि बताएका छन् । यसका अलावा उनले यो वर्ष बेलायत, अमेरिका तथा अन्य युरोपेली मुलुकहरुमा गएर पनि शुक्रकिट दान गर्ने योजना बनाएका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो वर्ष जापान, आयरल्याण्ड र कोरियासम्मका बच्चाको पिता बन्ने उनको चाहना छ । सन् २०२६ भित्रमा विश्वका हरेक देशमा आफ्नो कम्तिमा एउटा बच्चा हुने दाबी पनि उनले गरेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.