बिहीबार, चैत्र २१,२०८१ 03:16:10
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:16:10
IME remit
Global IME Bank Limited

नेपाल लाइफको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

Hyundai Nepal
नेपाल लाइफको २५ औँ वार्षिक साधारण सभा सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज वीरगञ्जमा रहेको होटल भिष्वामा सम्पन्न भएको हो ।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएको आव २०८०/८१  को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/८१ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरिएको छ । यस सभाले आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।  

साधारण सभाले आव २०८०/८१ को वितरण योग्य मुनाफाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को जम्मा २१.०५% ले हुन आउने रकम १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार ९५९ लाभांशको रुपमा प्रदान गर्ने जसमा १०% बोनस सेयर र ११.०५% नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको कर सहित) प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

Shivam Cement
Bizshala
CG Motors

अध्यक्ष गोविन्द लाल संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरु बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रा तर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अवलम्बन गरिरहेको उनले बताए । कम्पनीको निरन्तर विकासको लागि दीर्घकालिन रणनीति निर्माण गर्न, लर्निङ म्यानेजमेन्ट सिस्टमलाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरिय सेवाको अनुभूति गराउन, अटोमेशनको प्रयोगबाट समयको बचत र लागत घटाउन, भविष्यमा कम्पनीलाई डिजिटल रुपमा रुपान्तरण गर्न कार्य आरम्भ गरिसकिएको समेत उनले बताए । साथै, कम्पनीले रिस्क म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमहरुको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी उनले गराए ।  

संचालक समितिका अध्यक्ष गोविन्द लाल संघईले साधारण सभामा सेयरधनीहरुले राख्नु भएको सुझावहरुलाई सकरात्मक रूपमा लिईने बताए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

२५औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आव २०८०÷८१ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरु बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संकटान्मुख अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धीहरूका लागि सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे । प्रमुख कार्यकारी अधिकृत पराजुलीले आउने वैशाख २१ गते कम्पनी २५ वर्षमा प्रवेश गर्ने कुरा बताए र सो अवसरमा सम्पूर्ण सरोकारवालाहरूको आकांक्षालाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताए । उनले आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सो लाई नै मूर्तता प्रदान गर्न विभिन्न शहरहरूमा जग्गा खरिद गरिसकेको र भवन निर्माण प्रक्रियाहरू यथाशीघ्र चाँडो प्रारम्भ गरिने समेत उनले बताए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.