बुधबार, भाद्र ३,२०८३ 02:36:28
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:36:28
Bizshala
Global IME Bank Limited

आम्दानी बढ्दा र खर्च नियन्त्रण हुँदा दोल्ती पावरको घाटामा उल्लेख्य कमी

आम्दानी बढ्दा र खर्च नियन्त्रण हुँदा दोल्ती पावरको घाटामा उल्लेख्य कमी
New Office

काठमाण्डौ । दोल्ती पावर कम्पनी लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आफ्नो घाटा ९८.६९ प्रतिशतले घटाउन सफल भएको छ । यससँगै कम्पनीको घाटा १ लाख २९ हजार रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ घाटामा रहेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी १.६१ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले यो अवधिमा कर्मचारी खर्च तथा प्रशासनिक खर्च र वित्तीय खर्चमा कटौती गरेको छ । कम्पनीको कर्मचारी तथा प्रशासनिक खर्च ७३ लाख १७ हजारबाट घटेर १५ लाख ७८ हजार र वित्तीय खर्च ४ करोड १९ लाखबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
CG Motors

यद्यपी कम्पनीको रिजर्भको आकार भने १९ करोड ६१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ । कम्पनीले २ करोड अल्पकालिन कर्जा र ६८ करोड ७३ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ९ करोड १४ लाख र कुल चालु दायित्व ३ करोड १२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)त्रैमासिक ०.१० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७.३७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ हजार ३८३.४१ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.