बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:41:30
IME remit
Global IME Bank Limited

मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने

Hyundai Nepal
मेक्सिको र क्यानडामाथि घोषित भन्सार शुल्कका कारण अमेरिकामा कारको मूल्य ६ हजार डलरसम्म बढ्ने
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित  भन्सार शुल्क बढाउने निर्णय कार्यान्वयनमा आए अमेरिकामा नयाँ कारको मूल्य करिब ६ हजार डलरसम्मले बढ्ने भएको छ । अमेरिकी इन्भेष्टमेन्ट कम्पनी बेन्चमार्क कर्पोरेशनले गरेको अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो ।  

विश्लेषक कोडी एक्रीले प्रति युनिट कारको मूल्य ५ हजार ७९० डलरले बढ्ने अनुमान गरेका छन् । उनले मेक्सिको र क्यानडाबाट आयात हुने कार र पाट्समा २५ प्रतिशत कर लागेको खण्डमा यस्तो हुने बताए । यससँगै अमेरिकामा एउटा औषत कारको मूल्य ५४ हजार ५ सय डलर पार पुग्नेछ । यो भनेको सन् २०२४ को तुलनामा १२ प्रतिशतले बढी हो ।  

Shivam Cement
Bizshala
CG Motors

एक्रीले भन्सार शुल्क बढाउने निर्णयबाट सबैभन्दा धेरै अटो क्षेत्र प्रभावित हुने समेत बताए । अमेरिकामा आयात हुने ४० प्रतिशत सवारी साधनको पाट्स उत्तर अमेरिकाबाट आउने गर्छ । गत वर्ष अमेरिकामा २०० अर्ब डलरबराबरको पाट्स आयात भएको थियो । गत वर्ष मेक्सिकोबाट ९५ अर्ब डलरबराबरको कार र ६८ अर्ब डलरबराबरको पाट्स आयात भएको थियो ।  

यस्तै क्यानडाबाट पनि ३६ अर्ब डलरबराबरको पूर्ण रुपमा तयार कार र १६ अर्ब डलरबराबरको पाट्स आयात भएको थियो ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो साता भएको इन्डस्ट्रि इभेन्टमा फोर्ड मोटरका सीईओ जिम फारलेले क्यानडा र मेक्सिको माथि ट्रम्पको प्रस्तावित भन्सार शुल्क र आल्मुनियम र स्टिलमाथि थप २५ प्रतिशत शुल्क टाउको दुखाईको विषय बनेको बताएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.