काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । फागुन ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले चौधरीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका अध्यक्ष सन्तोषि महतोको राजीनामा फागुन २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
उक्त बैठकले साधारण सभा नभएसम्मका लागि संस्थापक सदस्य जितु महतो र साधारण सदस्य युवराज गौतमलाई साधारण सभा नभएसम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।