मंगलवार, पुष १,२०८२ 10:01:15
Bizshala
  • मंगलवार, पुष १,२०८२ 10:01:15
Bizshala
Global IME Bank Limited
Bizshala

स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने

Hyundai Nepal
स्वरोजगार लघुवित्तले फागुन १८ गतेदेखि एफपीओ निष्कासन गर्ने
Shivam Cement

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले यही फागुन १८ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले हाल कायम चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

एफपीओ निष्कासनका लागि इक्रा नेपालले संस्थालाई ‘ICRANP-IR)BB-@*’ रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।  

CG Motors
Garima Development Bank
Bizshala

एफपीओको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २७ गते अनुमति पाएको थियो ।   

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.