बिहीबार, बैशाख ११,२०८२ 06:26:45
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 06:26:45
IME remit
Global IME Bank Limited

एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा, बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने

Hyundai Nepal
एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा, बोनस डेटा, टक टाइमका साथै उपहार जित्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरु किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

आज आइतबारबाट सुरु भई चैत्र ९ सम्म सञ्चालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरुमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् । यसरी छानिएका प्याकहरुमा सधैं अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् । सधैं अनका प्याकहरुका प्याकअनुसार ग्राहकहरुले ५ जीबी, ८ जीबीवा १० जीबी डेटा बोनसका रुपमा पाउँछन् । होम एन्ड अवेका प्याककिन्दा ५ जीबीवा७जीबीथप डेटा बोनस पाइन्छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् ।  

सुरुवातमा एनसेल एपको विषेश अफरका रुपमा सञ्चालनमा ल्याइएको यो फ्ल्यास सेल अब हरेका हप्ता आइतबारका दिन ग्राहकहरुलाई बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागू भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैं अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएसबाहेक ग्राहकहरुले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

Muktinath Bikas Bank Limited

खल्तीसँगको यो साझेदारीले ग्राहकहरूलाई डिजिटल कारोबारका लागि प्रोत्साहन प्रदान गर्ने र उनीहरुका लागि सेवामा पहुँच अझै सुलभ हुने विश्वास एनसेलले लिएको छ । यसका अतिरिक्त, एनसेलले हरेक शनिबार एनसेल एपमा सञ्चालन गर्दै आएको फ्ल्यास सेललाई जारी राखेको छ । एनसेल एपबाट शनिबारका दिन सेवा खरिद गर्दा ग्राहकहरूले बोनसका साथै फागुन २४ सम्मका लागि न्यूम्यूका सामान किन्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्छन् ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.