सोमबार, बैशाख ७,२०८३ 06:16:59
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 06:16:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन लाइफका सीइओ कर्णको तलब भत्ता १४.८७% ले कटौती

Bizshala
हिमालयन लाइफका सीइओ कर्णको तलब भत्ता १४.८७% ले कटौती
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृति (सीइओ) मनोज कुमार लाल कर्णको तलब भत्ता १४.८७ प्रतिशतले घटेको छ ।  

सीईओ कर्णले चालु आव २०७९/८० का लागि ९४ लाख ४० हजार ५०८ रुपैयाँ तलब भत्ता बुझेका छन् । जुन यो सो भन्दा अघिल्लो आवको तुलनामा १६ लाख ४९ हजार रुपैयाँ कम हो । आव २०७८/७९ मा सीईओ कर्णले १ करोड १० लाख ९० हजार रुपैयाँ तबल  बुझेका थिए ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले प्रिभेलिङ प्रोभिजनमा उनको लागि ५ लाख ५४ हजार रुपैयाँ छुट्याइदिएको छ । जुन यो आव २०७८÷७९ को तुलनामा १० प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले सो शिर्षकमा ५ लाख ४ हजार रुपैयाँ छुट्याएको थियो ।  

प्रिभेलिङ प्रोभिजनअन्तर्गत कम्पनीका कर्मचारीले सामाजिक सुरक्षा अन्तर्गत पेन्सन स्किम तथा हेल्थकेयर बेनिफिटहरु प्राप्त गर्न कम्पनीले प्रोभिजनमा रकम छुट्याइदिएको हुन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

साथै जीवन बीमा कम्पनीमा कार्यरत माथिल्लो तहका कर्मचारीलाई जीवन बीमाको समेत सुविधा रहेको हुन्छ । सीइओ कर्णलाई उक्त आवमा जीवन बीमा सुविधावापत १ लाख १३ हजार रुपैयाँ छुट्याइदिएको छ । यो रकम पनि आव २०७८/७९ को तुलनामा ३५.०९ प्रतिशत कम हो ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.