मंगलवार, आश्विन १३,२०८३ 08:46:17
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 08:46:17
Bizshala
Global IME Bank Limited

उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेल सम्मानित

Bizshala
उत्कृष्ट बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेल सम्मानित
New Office

काठमाण्डौ । एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ ।  

मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै यो अवार्ड पाउन सफल भएको हो ।  

यो सम्मानले बहुराष्ट्रिय कम्पनीको रूपमा एनसेलले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न गरेको अनवरत कार्यहरु र अथक समर्पणलाई दर्शाउँछ । एनसेलका तर्फबाट कम्पनीका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखा लक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले यो अवार्ड ग्रहण गरेका थिए ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवार्ड एनसेलले गरेका उल्लेखनीय योगदान र उपलब्धिहरूको सम्मान हो र व्यवसाय सञ्चालनका लागि कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो । एनसेल सधैं कर्पोरेट उत्कृष्टताका मापदण्डहरू कायम राख्न प्रतिबद्ध छ, जसले नेपालका व्यवसायिक जगतका लागि एउटा मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ ।

एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकहरु अन्तर्गत गत आर्थिक वर्ष २०८०÷८१ सम्ममा रु. ३२० अर्ब भन्दा बढी राजश्व राज्यलाई योगदान गरेको छ र यसैगरी व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) पहलहरूमा रु. २ अर्ब भन्दा बढीका परियोजनाहरु सञ्चालन गरि आर्थिक सामाजिक विकासमा योगदान गरेको छ । यी कार्यहरूले एनसेल नेपालको आर्थिक, सामाजिक र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासमा प्रतिबद्ध रहेको तथ्यलाई स्पष्ट पारेको जनाइएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.