काठमाण्डौ । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी हाई–टेक विक सम्पन्न गरेको छ।चीनबाहिर पहिलोपटक सम्पन्न भएको इभेन्टमा न्यु इनर्जी भेइकल (एनईभी) प्रविधिमा उपलब्ध अत्याधुनिक प्रगति शोकेस गरिएको थियो।सबै उमेर समूहका अवलोकनकर्ताहरुबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।
बिावाईडीले विश्वभर १० लाख १० हजार बीवाईडी अट्टो ३ डेलिभरको किर्तिमान राखेको छ । यो ऐतिहासिक उपलब्धिले इलेक्ट्रिक मोबिलिटीमा भइरहेको विश्वव्यापी रुपान्तरण र यसको एक महत्वपूर्ण बजारको रुपमा नेपाल रहेको तथ्यलाई पुनःपुष्टि गर्नुका साथै देशमा बढ्दो बीवाईडीको उपस्थितिलाई समेत दर्शाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                