शुक्रबार, जेष्ठ १,२०८३ 06:18:31
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:18:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टीभीएस अपाचेले ‘एक्सचेन्ज मेनिया’ घोषणा गर्दै १ लाख सेलिब्रेशन डे मनाउँदै

Laxmi Sunrise Bank Limited
टीभीएस अपाचेले ‘एक्सचेन्ज मेनिया’ घोषणा गर्दै १ लाख सेलिब्रेशन डे मनाउँदै
Shivam Cement

काठमाण्डौ । टीभीएस अपाचेले बाइकपारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’का रुपमा रोमाञ्चक कार्यक्रम‘एक्सचेन्ज म्ेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ ।  

यूएन पार्कमा आयोजना गरिने यस विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जस अन्तर्गत सहभागीहरुले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै, रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । यो विशेष इभेन्टमार्फत इनफ्लुएन्सरहरू, भ्लगरहरू, र अपाचेप्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

कार्यक्रमलाई थप रोमाञ्चक बनाउन, उच्च–स्तरीय स्टण्ट शो को प्रदर्शन हुनेछ । जसमा हिद्देन एक्सनका प्रो स्टन्ट राइडरले आफ्नो स्टन्ट प्रस्तूत गर्नेछन । यसले टीभीएस अपाचेको शक्ति र क्षमताको प्रदर्शन हुनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बाइक अपग्रेड गर्ने सुनौलो अवसर !

फागुन २३ देखि २६ सम्म आयोजना गरिने टीभीएस अपाचे ‘एक्सचेन्ज मेनिया ’बाइकप्रेमीहरूले आफ्नो पुरानो बाइक नयाँ टीभीएस अपाचेका मोडेलसँग साट्नका लागि एक सुनौलो अवसर हो । यस कार्यक्रमअन्तर्गत ग्राहकहरूले २ वर्ष निःशुल्क स्पेयर पाट्र्स, इन्जिन आयल, र सर्भिसको मज्जा लिनुका साथै,  रु. ३१ हजारसम्म बचत गर्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

साथै, कार्यक्रममार्फत एक्सचेन्ज मूल्याङ्कनमा रु. १० हजारसम्मको मुल्यांकन सुविधा, आकर्षक फाइनान्सिङ योजनालगायत सुविधा पनि उपलब्ध हुनेछ । यस अन्तर्गत ग्राहकले ७.९९ प्रतिशत ब्याजदरमा १८ महिने किस्ताबन्दीमा बाइक खरिद गर्ने अवसर प्राप्त गर्नेछन् । साथै, कार्यक्रममा नयाँ अपाचे खरिदकर्ताहरूलाई निःशुल्क एक्सेसरीजको ब्यवस्था पनि रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X