काठमाण्डौ । धितोपत्र बोर्डले एक सूचना जारी गर्दै आईपीओ निष्कासन गरेका इन्भेष्टमेन्ट कम्पनीहरुले बोलकबोल मार्फत सेयर निष्कासनमा भाग लिन नपाउने जनाएको छ । बोर्डले प्राथमिक निष्कासनमा गएका कम्पनीहरुले अन्य कम्पनीको आईपीओ भर्न , दोस्रो बजारबाट सेयर खरिद गर्न तथा बोलकबोलमा सहभागि हुन बन्देज लगाएको हो ।
इन्भेष्टमेन्ट कम्पनीहरुले बोलकबोल मार्फत सेयर खरिद गरेको उजूरी परेपछि धितोपत्र बोर्डले पुनः सचेत गराएको हो ।
धितोपत्र बोर्डबोर्ड बाट जारी गरिएको पत्रमा भनिएको छ, ‘उपर्युक्त सम्बन्धमा बोर्डको मिति २०७३ मंसिर १२ गते र २०७६ वैशाख ३० गतेको निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (उर्जा, यातायात र संचार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयर बाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोश्रो बजार मार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेकोमा त्यस्ता संस्थाहरुले हकप्रद सेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा उपर्युक्तानुसारको नीतिगत व्यवस्था अनुसार बोर्डबाट हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, सिइडिबी होल्डिङ्गस् लिमिटेड (साविक सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड), इमर्जिङ्ग नेपाल लिमिटेड र हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्न अनुमति प्रदान गरेको हुँदा उक्त कम्पनीहरुले लिलाम बढाबढ प्रक्रिया मार्फत सेयर खरिद गर्न नपाउने देखिएको व्यहोरा समेत जानकारी गराउदछु ।’
