काठमाण्डौ । देशको बैंक तथा वित्तीय संस्थाको नियामक तथा समग्र मौद्रिक नीतिमाथि नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंक सूचना अपडेटको मामिलामा कमजोर देखिएको छ । राष्ट्र बैंकले आफ्नो आधिकारीक वेबसाइटमार्फत विभिन्न सूचनाहरु दिने गर्छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुख्य सूचकहरु अपेडट गर्ने गर्छ । केन्द्रीय बैंकको बेवसाइटमा कुल निक्षेप, वाणिज्य बैंकको कुल निक्षेप, अन्य वित्तीय संस्थाको कुल निक्षेप, कुल कर्जा प्रवाहको अवस्था, वाणिज्य बैंकहरुको मात्रै कुल कर्जा प्रवाहको अवस्था, अन्य वित्तीय संस्थाको कुल कर्जा प्रवाहको अवस्था, कर्जा निक्षेप अनुपात, अन्तर बैंक ब्याजदर जस्ता महत्वपूर्ण सूचकमा अपडेट गर्ने गर्छ ।
यस्तो अपटेड ढिला हुने गरेको गुनासाहरु सुनिदै आएको छ । तर हुँदाहुँदा राष्ट्र बैंकले यस्तो अपडेटको मिति समेत फरक पारेको छ । राष्ट्र बैंकले अब आउने एक महिनाको वितरण अहिलेनै सार्वजनिक गरेको छ । बैंकले आगामी अप्रिल ८ गतेको बैंक तथा वित्तीय संस्थाको सूचक अहिलै नै अपडेट गरेको छ ।
राष्ट्र बैंकको यस्तो लापरवाहीले आम सर्वसाधारण तथा बैंक तथा वित्तीय संस्था समेत रनभूल्लमा परेका छन् । आम सर्वसाधारण तथा सरोकारवालाले राष्ट्र बैंकको वेबसाइटमा प्रकाशित यिनै सूचकहरुको आधारमा भविष्यको रणनीति लगायत बनाउने गर्दछन्।
तर राष्ट्र बैंकको यस्तो चरम लापरवाहीले गर्दा सहि र तथ्यपरक सूचना पाउने अधिकारबाट सर्वसाधारण बञ्चित भईरहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।