सोमबार, चैत्र ३,२०८१ 06:59:56
IME remit
  • सोमबार, चैत्र ३,२०८१ 06:59:56
IME remit
Global IME Bank Limited

आजदेखि ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक

Hyundai Nepal
आजदेखि  ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि  ‘ग्लोबल मनि विक २०२५’का मनाउने भएको छ । केन्द्रीय बैंकले यस अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  

बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  

Shivam Cement
Bizshala
CG Motors

राष्ट्र बैंकले चैत्र ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता,  वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा आयोजना गर्ने जनाएको छ ।

यस्तै चैत्र ८ गते शुक्रबारका दिन रुपन्देही जिल्लास्थित क्याम्पस (स्नातक तह)मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १०० सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.