मंगलवार, श्रावण १९,२०८३ 09:53:12
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 09:53:12
Bizshala
Global IME Bank Limited

आजदेखि ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक

आजदेखि  ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै राष्ट्र बैंक
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजदेखि  ‘ग्लोबल मनि विक २०२५’का मनाउने भएको छ । केन्द्रीय बैंकले यस अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ ।  

बैंकले उक्त अवसरमा नेपाल बीमा प्राधिकरण, सहकारी विभाग, बैंक तथा वित्तीय संस्थाका प्रादेशिक तथा शाखा कार्यालयहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यो कार्यक्रमको संयोजन राष्ट्र बैंकले गर्नेछ ।  

राष्ट्र बैंकले चैत्र ४ देखि ११ गतेसम्म कार्यालयको अवलोकन, वित्तीय शिक्षा÷साक्षरता,  वित्तीय सचेतना अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रम कार्यालयको सभाहलमा आयोजना गर्ने जनाएको छ ।

यस्तै चैत्र ८ गते शुक्रबारका दिन रुपन्देही जिल्लास्थित क्याम्पस (स्नातक तह)मा अध्ययनरत विद्यार्थीहरुबीच हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिनेछ ।

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ ९२०८१ चैत ४ देखि १०० सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

‘ग्लोबल मनी विक’ मूलतःकिशोररकिशोरी तथा युवारयुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका छ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.