काठमाण्डौ । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा सुमन न्यौपानै नियुक्त भएका छन् । न्यौपाने चैत ४ गतेदेखि लागू हुनेगरी केन्द्रीय बैंकको सहप्रवक्ता र सूचना अधिकारीमा नियुक्त भएका हुन् ।
नेपाल राष्ट्र बैंक, गभर्नर कार्यालयका कामु निर्देशन न्यौपाने २०६४ सालदेखि केन्द्रीय बैंकमा कार्यरत छन् । राष्ट्र बैंकको सहप्रवक्ता र सूचना अधिकारीको रूपमा यसअघि डा. डिल्लीराम पोख्रेलले जिम्मेवारी सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।