बिहीबार, बैशाख ३१,२०८३ 03:03:46
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:03:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एलन मस्कको ग्रोक एआईविरुद्ध भारत सरकारको कदम, गाली गलौजयुक्त भाषाको प्रयोगको विषयमा प्रश्न

Laxmi Sunrise Bank Limited
एलन मस्कको ग्रोक एआईविरुद्ध भारत सरकारको कदम, गाली गलौजयुक्त भाषाको प्रयोगको विषयमा प्रश्न
Shivam Cement

काठमाण्डौ । एलन मस्कको ‘ग्रोक एआई’ यतिबेला चर्चामा रहेको छ । यसैबीच भारत सरकारले गाली गलौजयुक्त भाषा प्रयोग गरेको विषयमा कम्पनीलाई स्पष्टीकरण सोध्ने भएको छ ।  

रिपोर्टका अनुसार भारत सरकारको सूचना तथा प्रोद्योगिक मन्त्रालयले भड्काउपूर्ण भाषाको प्रयोगलाई लिएर एलन मस्कको एक्समा चिन्ता जाहेर गरेको छ । यस्तो भाषा प्रयोग भएको विषयमा छानविन गर्न समेत मन्त्रालयले माग गरेको छ ।  

Bizshala
New Office
CG Motors

तर यस विषयमा थप केही जानकारी पनि प्राप्त नभएको रिपोर्टमा जनाइएको छ ।  

ग्रोक एआइलाई एक्सएआई नामक कम्पनीले सन् २०२३ मा लञ्च गरेको थियो । हालै मात्रै कम्पनीले लेटेस्ट ग्रोक थ्रि लञ्च गरेको थियो । एलान मस्क ग्रोक एआईको सहायताले मेन्स्ट्रिम एआई मोडल्ुलाई उछिन्न चाहन्छन् । मस्कले च्याट जीपीटी र गूगल जेमीनीलाई समेत पछि छाड्ने योजना बनाएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

यो साताको सुरुवातमा इन्टरनेटमा एउटा पोष्ट भाईरल भएको थियो । जसमा एक व्यक्तिले एक्स प्लेटफर्ममा रहेको ग्रोक एआई च्याटबटको प्रयोग गरेर एउटा प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफमा एआईले हिन्दी भाषामा गाली गलौजयुक्त शब्द प्रयोग गरेको थियो । त्यसपश्चात अन्य प्रयोगकर्ताले पनि ग्रोक एआई च्याटबटको प्रयोग गरेर हेर्दा उस्तै गाली गलौजयुक्त जवाफ पाएका थिए ।    

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.