सोमबार, चैत्र १८,२०८१ 05:37:14
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 05:37:14
IME remit
Global IME Bank Limited

बीवाईडीको सुपर चार्जिङ प्रविधि, पाँच मिनेट चार्ज गर्दा ४०० किमीको रेञ्ज !

Hyundai Nepal
बीवाईडीको सुपर चार्जिङ प्रविधि, पाँच मिनेट चार्ज गर्दा ४०० किमीको रेञ्ज !
Nabil Bank Limited

काठमाण्डौ । ईभी कार मालिक होस् वा नयाँ कार खरिद गर्न गईरहेका ग्राहकनै किन नहोस्, सबैको मनमा एउटा मुख्य प्रश्न हुने गर्छ । त्यो प्रश्न वा जिज्ञाशा हो, ईभी गाडीको ड्राईभिङ रेञ्ज र ब्याट्रीको विषय । आम रुपमा हेर्दा धेरैजसो मानिसहरु यी दुई विषयका बारेमा रनभुल्लमा परेका हुन्छन् । तर चिनियाँ कार निर्माता कम्पनी ‘बिल्ड योर ड्रिम(बीवाईडी) मानिसहरुको यो प्रश्नको खोजीमा लागेको छ । यस विषयमा कम्पनीलाई ठूलो सफलता हात लागेको छ ।  

कम्पनीले यस समस्याको समाधानका लागि अभूतपूर्व प्रविधि विश्वसामु पेश गरेको छ । बीवाईडीले एउटा युनिक चार्जिङ प्लेटफर्मलाई शोकेश गरेको छ । कम्पनीले यो प्लेटफर्ममार्फत केवल ५ मिनेटमै ईभी कारको ब्याट्रीलाई ४०० किलोमिटरसम्म कुदाउन सकिने गरी चार्ज गर्न सकिने दाबी गरेको छ । ईभी कारको दुनियाका लागि भने यो एकदमै ठूलो उपलब्धि भएको कम्पनीको भनाई छ । यसले ईभी उद्योगको रुपरेखालाई नै परिवर्तन गर्ने जनाइएको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बीवाईडीका संस्थापक तथा अध्यक्ष वांग चुआनफुद्वारा गत मार्च १७ मा कम्पनीको शेन्जेन मुख्यालयबाट लाइभस्ट्रीम गरिएको कार्यक्रमका क्रममा यो प्लेटफर्मको घोषणा गरिएको हो । जसलाई कम्पनीले ‘सुपर ई–प्लेटफर्म’को नाम दिएको छ । यसलाई चार्जिङ प्रविधि तर्फको महत्वपूर्ण कदमको रुपमा लिइएको छ । तथापी टेस्लाले करिब एक दशकअघिनै आफ्नो सुपर चार्जर नेटवर्क पेश गरेको थियो ।  

बीवाईडीको नयाँ आर्किटेक्चरले १ हजार भोल्टको तीव्रताका साथ काम गर्छ र यसको चार्जिङ स्पिट १ हजार किलोवाट(१ मेगावाट)सम्म रहेको छ । जुन अटो उद्योगका अग्रेणीहरुद्वारा विकास गरिएको सुपरचार्जर्सको तुलनामा निकै अधिक हो । यदि यसको तुलना टेस्लाको भीफोर सुपरचार्जर गर्ने हो भने, टेस्लाको सुपरचार्जरले अधिकतम ५०० किलोवाटमा काम गर्छ । यसले १५ मिनेटको चार्जमा २७५ किलोमिटरको रेञ्ज दिन सक्छ ।  

बीवाईडीको सुपरचार्जरले भने यसको तुलनामा ३ गुणा कम समयमा कारलाई अधिक रेञ्ज दिन सक्छ । प्रतिघण्टा ब्याट्री क्षमताबाट १० गुणा अधिक चार्जिङ रेट प्राप्त गर्नसक्ने भएकाले बीवाईडीको चार्जिङ अधिक हुने जनाइएको छ । दोस्रो शब्दमा भन्नुपर्दा यसले एक घण्टाको १/१० औं हिस्सा वा ६ मिनेटमा नै कारको ब्याट्री चार्ज गर्न सकिन्छ । तथापी यो वास्तविक संसारमा सम्भव छैन किनकी ब्याट्रीको लगभग ८० प्रतिशत चार्जपश्चात चार्जिङको तीव्रता कम हुनसक्छ । अर्थात यो ब्याट्री ७० देखि ८० प्रतिशत चार्ज गर्नका लागि प्रयाप्त छ । त्यसैले ब्याट्रीलाई शतप्रतिशत चार्ज गर्नका लागि केही समय थल लाग्न सक्छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी ब्याट्रीका लागि खतरा बन्न सक्छ बीवाईडीको सुपरचार्जर  

बीवाईडीको यो सुपरचार्जरले धेरै नै हाई भोल्टेजले ब्याट्रीलाई करेन्ट प्रदान गर्ने गर्छ । जसले केही ब्याट्रीहरुलाई नोक्सान पुर्याउन सक्छ । आजभोलि आम रुपमा धेरैजसो ईभी कारहरुमा एनएमसी(निकेल म्याग्नीज कोबाल्ट) र एलएफपी(लिथियम आयरन फोस्टेट)जस्ता ब्याट्री प्रयोग गरिन्छ । जसमा केमिकलको प्रयोग गरिन्छ । हाई भोल्टेजका कारण यी ब्याट्री तीव्र रुपमा तातिन सक्छन् । जसका कारण थर्मल रनवे(आगो लाग्ने) वा चाडैनै ब्याट्री बिग्रने सम्भावना हुनछ ।  

बीवाईडीले आफ्नो दुईवटा प्रिमियम मोडलमा यो प्रविधि प्रयोग गर्ने भएको छ । जसमा हान एल सेडान र टाङ एल एसयुभी रहेका छन् । यी मोडलको मूल्य क्रमशः२ लाख ७० हजार युआन र २ लाख ८० हजार युआन रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.