मंगलवार, फाल्गुन ५,२०८२ 09:14:43
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:14:43
Bizshala
Global IME Bank Limited

बीवाईडीका ब्याट्री अब पूर्णरुपमा रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम

बीवाईडीका ब्याट्री अब पूर्णरुपमा रिसाइक्लिङ गरिने, ग्लोबल रिसाइक्लिङ डेको अवसरमा ल्यायो यस्तो कार्यक्रम
Shivam Cement

काठमाण्डौ । ग्लोबल रिसाइक्लिङ डेको अवसरमा बीवाईडी अटो इन्डष्ट्रिले ‘कम्प्रिहेन्सिभ ब्याट्री रिसाइक्लिङ एन्ड रियुज प्रोग्राम’लाई कार्यान्वयन गरेको छ। यसले वातावरणीय दिगोपनाप्रति बीवाईडीको प्रतिबद्धतालाई पुनःपुष्टि गरेको छ। विश्वनै हाल इलेक्ट्रिक मोबिलिटी तिर लागि रहेको समयमा वास्तविक रुपमा दिगो ईभी इको सिस्टम प्राप्तिका लागि जिम्मेवार रुपमा ब्याट्री व्यवस्थापन गर्नु महत्वपूर्ण छ। बीवाईडी त्यही महत्वपूर्ण कार्यमा अग्रसर भएको छ।

सो पहलको एकभागको रुपमा बीवाईडीले दुई प्रमुख रिसाइक्लिङ सेवा प्रदायक कम्पनी अमेरिकाको क्यालिफोर्नियामा अवस्थित आइटी एसेट पार्टनर्स इंक र चीनको वुहुमा अवस्थित एन्हुईले चेङ लिथियम–आयोन टेक्नोलोजी कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ।सन् २०२४ मे २८ मा औपचारिक रुपमा घोषणा गरिएको सो सहकार्यले बीवाईडी ईभीमा प्रयोग भएका लिथियम–आयोन ब्याट्री प्याक र ब्याट्रीलाई सुरक्षित, उत्तरदायी र दक्ष रुपमा रिसाइक्लिङ गर्ने कार्यलाई सुनिश्चित गर्नेछ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ब्याट्री रिसाइक्लिङमा बीवाईडीको सर्कुलर इकोनोमी अप्रोच दुवै सेवा प्रदायक कम्पनीहरु आर टु सर्टिफाइड अर्थात रेस्पोन्सिबल रिसाइक्लर सर्टिफाइड हुन्, । जसले दिगो रिसाइक्लिङको ग्लोबल स्ट्यान्डर्ड पुरा गर्छन्।रिसाइक्लिङ प्रक्रियाअन्तर्गत क्यापासिटी टेस्टिङ, सेफ डिस्म्यान्टलिङ, मेटरियल रिकभरी र इको–फ्रेन्ड्ली प्रोसेसिङ गरिन्छ।प्रयोग भइसकेको ब्याट्रीको पुनःप्रयोगको सम्भावनाको मूल्यांकन कार्य क्यापासिटी टेस्टिङमा गरिन्छ। प्रयोगमा नआउने ब्याट्रीलाई सावधानीपूर्वक नष्ट गर्ने कार्य अर्थात सेफ डिस्म्यान्टलिङ त्यसपछि गरिन्छ। त्यसपछि लिथियम, निकेल र कोबाल्ट जस्ता महत्वपूर्ण कच्चा पदार्थ निकाल्ने कार्य मेटरियल रिकभरीअन्तर्गत पर्छ भने अन्त्यमा यसरी रिसाइकल गरिएका सामग्रीहरु अनुमति प्राप्त कम्पनीहरुलाई उपलब्ध गराउने कार्य गरिन्छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ब्याट्री उत्पादनदेखि रिसाइक्लिङसम्मको सम्पूर्ण प्रक्रियामार्फत बीवाईडीले इलेक्ट्रोनिक प्रदूषण घटाउने, प्राकृतिक सम्पदा संरक्षण गर्ने र कार्बनफुटप्रिन्टलाई न्यून गर्ने कार्यमा महत्वपूर्ण कदम चालेको छ।हरित भविष्यको नेतृत्व लिदै सो पहल बारेमा बोल्दै नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘ग्लोबल रिसाइक्लिङ डेमनाइ रहदा हामीले इलेक्ट्रिक सवारी साधन उत्पादन गर्नुमात्र होइन, वास्तविक रुपमा सर्कुलर इकोनोमी निर्माण गर्नु नै दिगोपना हो भन्ने कुराको पहिचान गर्यौं।जिम्मेवार ब्याट्री रिसाइक्लिङप्रतिको हाम्रो प्रतिबद्धताले उत्पादनदेखि नष्ट गर्ने कार्यसम्मको सम्पूर्ण ईभी टेक्नोलोजी वातावरणमैत्री हुने तथ्य सुनिश्चित गरेको छ।’

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.