बिहीबार, बैशाख ११,२०८२ 07:14:02
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:14:02
IME remit
Global IME Bank Limited

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक

Hyundai Nepal
एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’, भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक
Nabil Bank Limited

काठमाण्डौ । आफ्ना ग्राहकहरुकाआवश्यकताहरू पूरा गर्न नवीनतम सेवा, सुविधाहरु प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ। यो एक सम्पूर्ण प्याकेज हो, जसले नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि विशेष लाभ प्रदान गर्दछ ।

यो २८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा, र रोमिङ सुविधा(डेटा र भ्वाइस) समावेश छन्, जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्दछ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिनाकुनै अवरोध र अतिरिक्त खर्च निर्वाध रुपमा सेवाको उपलब्धता सुनिश्चित गर्दछ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल(भारतभित्रै र नेपालकल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा रु. १,००,००० सम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेट्छ।

करसहित रु. १७९९ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा, सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधासहितको ग्राहकलाई आवश्यक सञ्चार सेवार बीमासहितको सुरक्षा प्रदान गर्दछ। ग्राहकहरूले एष्ट्रिक१२३एष्ट्रिक७एष्ट्रिक६ह्यास डायल गरेर सहजै यो प्याक लिन सक्छन् ।

Muktinath Bikas Bank Limited

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं । ‘सधैं अन रोमिङ’ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पहरू सहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।

यो सधैं अन रोमिङ सुविधासँगै, एनसेलले भारतमा भ्रमण गरी राख्नुपर्ने ग्राहकहरूका लागि उनीहरुका भ्रमणका बेला कनेक्टिभिटीको अनुभवलाई अझ प्रभावकारी बनाउन उद्देश्य राखेको छ । देशभित्रै प्रयोग गर्नका लागि उच्च परिमाणका सेवा, सुविधाहरुका साथै थप रोमिङ सुविधासँग समायोजन गरी, एनसेलले विदेश यात्रामा पनि सधैं अन रहन र सम्पर्कमा रही रहन सहजता प्रदान गर्दछ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.