काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले अमेरिकी प्रतिष्पर्धि कम्पनी टेस्लालाई उछिनेको छ । कम्पनीले आम्दानीको मामिलामा टेस्लालाई पछि पारेको हो ।
कम्पनीले सन् २०२४ मा वार्षिक ७७७ अर्ब युआन(१०७ अर्ब डलर) आम्दानी गरेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनअनुसार कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले वृद्धि भएको छ । हाईब्रिड सवारी साधनको बिक्रीमा आएको उछालसँगै कम्पनीको आम्दानी बढेको हो ।
टेस्लाले भने सन् २०२४ मा ९७.७ अर्ब डलर आम्दानी गरेको छ ।
बीवाईडीका अध्यक्ष वाङ चुवाङफुले कम्पनीले १ करोड ईभी सवारी बिक्रीको कोसेढुङ्गा पार गरेको बताएका छन् । उनले बीवाईडी ब्याट्री,इ्रलेक्ट्रोनिक्स र नयाँ ईभी सवारीको क्षेत्रमा अग्रेणी अटो निर्माताको रुपमा उभिएको बताएका छन् ।