काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम भएका सेयरधनीहरु मात्रै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
बैंकले आफ्ना सेयरधनीहरुलाई गत आवसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ६.०५२७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न बैंकलेले चैत २७ गते बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि १२ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ ।