सोमबार, चैत्र १८,२०८१ 05:03:17
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 05:03:17
IME remit
Global IME Bank Limited

पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो झण्डै १० अर्ब, कुन कम्पनीबाट कति ?

Hyundai Nepal
पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीबाट बाहिरियो झण्डै १० अर्ब, कुन कम्पनीबाट कति ?
Nabil Bank Limited

काठमाण्डौ । बीमा पोलिसी सरेण्डरमार्फत जीवन बीमा कम्पनीहरुबाट पौने १० अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको आठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुबाट ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ ।  

प्राधिकरणका अनुसार सो अवधिसम्म ७१ हजार ५५४ जना बीमितले सो रकम बराबरको बीमा पोलिसी त्याग गरेका हुन् । पछिल्लो समय जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी त्याग गर्नेको संख्या बढ्दो छ । बीमितहरुमा अवधि परिपक्व नहुँदै बीमालेख त्याग गर्ने प्रवृत्ति बढ्दा जीवन बीमा क्षेत्रमा नराम्रो धक्मा पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

बीमा प्राधिकरणका अनुसार बीमा गरेको तीन वर्षपछि मात्रै पोलिसी त्याग वा बन्द गर्न पाइने व्यवस्था छ । बीमितहरुले १० वर्ष वा सो भन्दा बढी अवधिका लागि बीमा गरेपनि तीन वर्षपछि अवधि परिपक्व नहुँदै पोलिसी सरेण्डर गर्ने प्रवृत्तिले सिँगो जीवन बीमा क्षेत्रलाई नकारात्मक असर पारेको छ । साथै पोलिसी सरेण्डरले बीमकसँगै बीमित स्वयम्लाई पनि घाटा हुने देखिन्छ ।  

बीमा क्षेत्रबाट सरेण्डर भएको रकम जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ९।०८ प्रतिशत रकम हो । जीवन बीमा कम्पनीहरुले चालु आवको ८ महिनासम्ममा १ खर्ब ८ अर्ब ७१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।  

कुन कम्पनीबाट कति ?  

चालु आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् । जस अनुसार एलआइसी नेपालका बीमितहरुले सर्वाधिक बढी बीमा पोलिसी सरेन्डर गरेका छन् । कम्पनीको १७ हजार ८८९ वटा बीमा पोलिसी वापत ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत दुई अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको ९२ करोड ११ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ६१ करोड १४ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ६० करोड ५१ रुपैयाँ, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५३ करोड २१ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ४२ करोड २७ लाख रुपैयाँ र मेट लाइफको २७ करोड ९९ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएका छन् ।

चालु आवको सात महिनाको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १७ करोड ४५ लाख आइएमई लाइफ इन्स्योरेन्सको १३ करोड ५३ लाख, सिटिजन लाइफ इन्स्योरेन्सको १८ करोड ४४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १४ करोड २० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ४४ लाख रुपैयाँ र सन नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड २६ लाख रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.